छोराको सम्झनामा आश्रमका आमाहरूको आँखा रसाए

0

जन्मदिने आमाप्रति श्रद्धा र सम्मन गरी आशिर्वाद लिन मातातीर्थ औंसीमा कैलाली जिल्ला घर भएकी कलावती सापकोटाले सधै छोराछोरीलाई सम्झन्छिन्। नौ महिनासम् मगर्भमा राखेर जन्म दिएको छोरालाई चाडपर्वमा भन्दा पनि आमालाई सम्मान गर्ने दिनका रुपमा मनाइने आमाको मुख हेर्ने दिनमा परिवारको धेरै याद आउँछ ।

धार्मिक भ्रमणको बाहनामा श्रीमातसंगै गलेश्वरमा अलपत्र अवस्थामा छोराबुहारी घर फर्किएपछि आश्रममै बसेकी सापकोटाको श्रीमानको समेत मृत्यु हुदाँ समेत छोरा फर्किएर नआएपनि बेलाबेलामा परिवारको सम्झनाले सताउने गरेको छ । बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित बृद्धाआश्रममा रहेका केही बृद्धाहरूले अन्नदान, भोजनको ब्यवस्था मिलाउनेहरुलाई हेरेर परिवारलाई सम्झने गरेका छन् । गलेश्वरमा रहेका म्याग्दीका विभिन्न ठाउँका साथै पर्वत लगाएतका जिल्लाबाट आश्रममा पुगेका बृद्धबृद्धाले चाडपर्वमा हुने धेरै कार्यक्रममा बरररर आँसु निकाल्ने गरेका छन् ।

‘आश्रममा मीठो खाना दिन आउनेलाई छोराजस्तै सम्झन्छु । विगतलाई सम्झना आउने वित्तिकै आँसु आउँछ’ एक बृद्धाले भनिन् । जन्मदिन छोराछोरीले बेवस्था गर्दा अपरिचितले दिएको सम्झनाले भक्कानिदैं रुने गरेका बृद्धाहरूलाई गलेश्वर शिवालय क्षेत्र विकास कोषले समेत कार्यक्रम गर्ने गरेको छ । आश्रममा बस्ने बृद्धाबृद्धालाई लक्षित गरेर सुविधासम्पन्न आश्रमले बसाईमा सहज भएपनि बेलाबेलामा झस्काउने परिवारको सम्झनालाई सपना जस्तै लाग्ने गरेको बृद्धबृद्धाले अनुभव सुनाउँछन् ।

‘छोराछोरी घरमै भएकाले आमालाई आश्रममा छोडेर गएको देखेको छु ।जीवित माता भगवान जस्तै हुन’ पण्ठित भिमनाथ पराजुलीले बेनीअनलाइनलाई भने । शास्त्रमा बाबुभन्दा आमा दश गुणा बढी मान्य हुन्छिन् भनी ब्याख्या गरिएको समेत उनले बताए । आमाको मुख हेर्ने दिन, तीज, दशैंतिहार लगाएतका महत्वपूर्ण चाडपर्वमा बृद्धबृद्धाको अनुहार मलिनो देख्ने गरेको बताए । आश्रममा रहेका बृद्धबृद्धालाई आफ्ना स्वर्गीय मातापिताको सम्झनामा भोज र विभिन्न कार्यक्रम गर्नेहरुले मातातीर्थ औंसीमा भोजन गर्ने बृद्धआश्रममा पुग्ने गरेका छन् ।