बेनी नगरपालीका ४ तातोपानीका एक परिवारले दिवंगत आमाको स्मृतीमा बुधबार परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गरेका छन् । मातातिर्थ औषीको अवसर पारेर स्वर्गीय पम्फाकुमारी क्षेत्रीको स्मृतीमा उहाँका छोरा, छोरी, बुहारी र ज्वाईले ५५ हजार ५५५ रुपैया सहयोग गर्नुभएको हो।

सहयोगदाता अरुणा क्षेत्री, आशा बानिया, लक्ष्मी बोगटी, शेरबहादुर क्षेत्री, ओमप्रकाश क्षेत्री, कविता क्षेत्री, शान्ति क्षेत्री, धर्मेन्द्र क्षेत्री, महेन्द्र बानीया र राजु बोगटीलाई कोषले आजिवन सदस्यता प्रदान गरेको छ । गरिब तथा विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापित कोषलाई पाँच हजार रुपैया भन्दा बढी सहयोग गर्नेलाई आजिवन सदस्यता प्रदान गर्ने व्यवस्था छ ।

उहाँहरुलाई सांसद नरेवदी पुन, कोषका अध्यक्ष राजेश शाक्यले आजिवन सदस्यता प्रदान गर्नुभएको थियो । ३२ जना बिरामीलाई ७४ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग जुटाएको कोषमा हालसम्म ५२४ जना भन्दा बढीले आजिवन सदस्यता लिएका छन भने सत्तरी लाख भन्दा बढी सहयोगको प्रतिवद्धता प्राप्त भएको छ ।

विज्ञापन