सन्तोष गौतम
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका चार वटा स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । काँग्रेस र माओवादी केन्द्रले दुईदुई वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा तालमेल गरेर उमेद्वारी दिने लगायत सात बुदे सहमती गरेका हुन् ।

काँग्रेसले बेनी नगरपालीका र अन्नपूर्ण गाउँपालीकाको प्रमुख तथा अध्यक्ष तथा माओवादी केन्द्रले मंगला र धौलागिरी गाउँपालीकाको अध्यक्ष पद लिने सहमती गरेका दुई दलले प्रमुख पद पाएको ठाउँमा उपप्रमुख पद एक अर्कालाई छोड्ने सम्झौता गरेका छन् । दुई दलद्धारा गठीत वार्ता टोलीले गरेको सहमतीको बारेमा जानकारी गराउन मंगलबार साँझ आयोजित पत्रकार भेटघाट नेपाली काँग्रेसका पुर्व सभापति तथा सांसद रेशमबहादुर बानियाले राप्रपालाई समेत सहमतीमा ल्याउन पहल भैरहेको बताउनुभयो ।उहाँका अनुसार तालमेलको क्रममा प्रमुख पदमा महिलाको उमेद्वारी दर्ता भए दोस्रोमा पुरुष र पुरुष प्रमुख पदमा उमेद्वार भए दोस्रो पदमा महिला उमेद्वार बनाउने सहमती भएको छ ।

दुवै दलले उमेदवार चयन गरीसकेको मालीका गाउँपालीकामा तालमेलको विषयमा उमेद्वारका आकाक्षीहरुसंग संयुक्त छलफल गर्ने र तालमेल नभए स्वच्छ प्रतिस्पर्धा गर्ने सहमती गरेका छन् । ४५ वटा वडामा तालमेल गर्ने अधिकार स्थानीय तह र वडा कमिटिलाई दिएको नेकपा माओवादी केन्द्रका संयोजक गोविन्द पौडेलले बताउनुभयो ।

स्थानीय तहको प्रभावकारी कार्यान्वयनका लागि सामाजिक र राजनितिक एकताको वातावरण बनाउन चुनावी तालमेल गरेको काँग्रेस र माओवादी केन्द्रका नेताहरुले बताएका छन् । सहमतीको पूर्ण कार्यान्वयनमा प्रतिवद्धता जनाएका काँग्रेस माओवादीका नेताहरुले सहमती विपरीत कार्य गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् । तालमेल भएको ठाउँमा कार्यबिधी बनाएर संयुक्त रुपमा चुनाव प्रचार प्रसार अघि बढाउने सहमती भएको छ ।

काँग्रेसले बेनी नगरपालीकाको मेयरको उमेद्वारमा हरिकुमार श्रेष्ठ र अन्नपूर्णको अध्यक्षमा डमबहादुर पुनलाई उमेद्वार चयन गरेको छ । मंगला गाउँपालीकामा चन्द्रप्रसाद बुढाथोकी, धौलागिरीको प्रमुखमा खुमनाथ सुवेदी र रिमप्रकाश थापालाई उमेद्वार बनाउन सिफारीस गरेको माओवादी केन्द्रले बेनी नगरपालीकाको उपमेयरमा ज्योती लामीछाने र अन्नपूर्णमा लालमाया पुनलाई उपाध्यक्षको उमेद्वार चयन गरेको छ ।

काँग्रेसले मंगला र धौलागिरी गाउँपालीकाको उपाध्यक्षका उमेद्वार चयन गर्न बाँकी छ । वार्ताका लागि काँग्रेसले जिल्ला सभापति खम्बिर गर्बुजाको नेतृत्वमा सांसद बानिया, महासमिति सदस्य नेत्र महत, कोषाध्यक्ष टंक हमाल र सदस्य माधवप्रसाद रेग्मी सदस्य रहेको कार्यदल गठन गरेको थियो ।माओवादी केन्द्रले संयोजक पौडेलको नेतृत्वमा चन्द्रबहादुर घिमीरे, देवराज सुवेदी, शेरबहादुर केसी र कुलबिर राम्जाली सदस्य रहेको वार्ता टोली गठन गरेको थियो । केन्द्र विवाद रहेको रघुगंगाको विषयमा कुनै पनि दलले उमेद्वार चयन प्रक्रिया अघि बढाउन सकेका छैनन् ।

विज्ञापन