कांग्रेसका मेयरका जनताको घरदैलोमा, एमालेले शनिबार उम्मेदवारको टुंगो लगाउने

0
143

नेपाली कांग्रेस बेनी नगरपालिकाका मेयरका उम्मेदवार हरिकुमार श्रेष्ठले घरदैलो अभियान सुरू गरेका छन् । नेपाली कांग्रेसले मेयरका उठाउने निर्णय गरेलगत्तै श्रेष्ठले बेनपाका १, २ र ३ वडाका रत्नेचौर, अर्जम, ज्यामरुककोट, भकिम्लीका विभिन्न गाउँमा घरदैलो अभियान सञ्चालन गरेको नेविसंघका नेता विक्रम बोगटीले बताए । अभियान अन्र्तरगत तीनवटै वडाका कार्यकर्ता, शुभचिन्तकलाई श्रेष्ठले आफ्नो उम्मेदवारी र सम्रग बेनी नगरपालिकाको भिजनका बारेमा जानकारी गराएका थिए ।

वडास्तरबाटै चुनावी गरिएको चुनावी अभियानमा जनताको उत्साहजनक सहभागिता रहेको कांग्रेस नगरपालिका परिचालन टोलीले जनाएको छ । विगतमा समेत नगरपालिका अन्र्तरगत रहेका विभिन्न योजनाहरूमा काम गरेका श्रेष्ठले ग्रामिण क्षेत्रका विकास, आवश्यकता र भविस्यमा गर्न सक्ने सम्भावनायुक्त कार्यहरूलाई समेत प्राथमिकता दिएर अगाडी बढ्ने प्रतिबद्धता समेत जनाए ।

यसैविच अभियान अन्र्तरगत शनिबार पुलाचौर लगाएतका क्षेत्रका कार्यक्रम हुनेछन् । यता नेकपा एमालेले शनिबार मेयर, उपमेयर लगाएतको टुंगो लगाउने जनाएको छ । श्ुक्रबार रातीसम्म टुंगो लगाउनुपर्ने भएपनि अन्तिम तयारी भइरहेको बताइएको छ । एमालेबाट मेयरमा प्रमोद श्रेष्ठ, राजकुमार थापा र सुरत केसीको नाम सिफारिस भएको छ । तीनै जनाको केन्द्रमा राम्रो प्रभाव भएकाले पनि टिकट कसले बार्जी मार्छ भन्नेमा अझै अनिश्चित छ । बजारमा प्रमोद र सुरत मध्ये एकजनाले टिकट पाउने सम्भावना रहेको बताइएको छ । जिल्लामा चुनावी चहलपल बढेको छ।