आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेले मेयर र गाउँपालिकाको प्रमु्खको उम्मेदवारको टुंगो आइतबार साँझसम्म लाग्ने नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य एवम् म्याग्दी इन्र्जाच भुपेन्द्र थापाले बेनीअनलाइनलाई बताए ।

‘स्थायी कमिटीको बैठक जारी छ, आज बेलुकीसम्म सबै उम्मेदवारको टुंगो लाग्छ’ उनले भने । उम्मेदवारको टुंगो नलागेपनि चुनावी अभियानमा कार्यकर्ता भने परिचालन भइसकेका छन् । नेकपा एमालेले आधिकारिक रुपमा अन्नपुर्ण गाउँपालिकाको प्रमुखको उम्मेदवार नारायण पुनको टुंगो लगाएपनि बेनी नगरपालिका र ४ गाउँपालिकको प्रमुखको टुंगो भने लगाइसकेको छैन् ।

गाउँपालिका प्रमुख सहित मेयरमा प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापाको नाम प्रदेश नम्बर ४ को कमिटीलाई सिफारिस गरिएको थियो । प्रदेश कमिटीलाई नाम सिफारिस लगत्तै प्रत्यासीले लविङ सुरु गरेका छन् । मेयरमा नेपाली कांग्रेसका तर्फबाट हरिकुमार श्रेष्ठको पक्का भएपछि चुनावी अभियानमा जुटेका छन् ।