ढुंगाखानीमा हात गुमाएका किसानले अस्पतालको सैयाबाट सहयोगको याचना

0
202

निस्कोटको ढुंगाखानीमा घाईते भएका एक यूवाको उपचारमा आर्थिक समस्या देखिएको छ । मालिका गाउँपालिका अन्र्तरगत निस्कोटको ढुंगाखानीका काम गरिरहेको अवस्थामा ढिस्को खसेर गम्भीर घाईते भएका बरंजा बुकेनीका सम बहादुर किसानको पोखारस्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
गत बैशाख ६ गते खानीमा ढिस्को खस्दा एउटा हात गुमाएका किसानको खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको उनका आफन्त टेक बहादुर किसानले बताउनुभयो । ‘कमजोर परिवार भएकाले आर्थिक जुटाउन समस्या भइरहेको छ,उपचारमा आवश्यक औषधी समेत खरिद गर्न मुस्किल भइरहेको छ’ किसानले भन्नुभयो ।
अविवाहित किसानको उपचारमा हालसम्म ठेकेदारले उपचारको खर्च गरेको छ । निस्कोटको विद्यालय सञ्चालनका मा खर्च हुने ढुंगाखानीका मजदुर दुर्घटनामा परेपछि ठेकेदारले दुईजना आफन्त सहित विरामीको उपचारमा समेत सहयोग गरिरहेको छ । निस्कोट र रुममा ढुंगाखानी रहेको छ ।
Contact No: 9823554871