बर्षाले जिल्लाको माथिल्लो क्षेत्रमा समान्य हिमपात भएको छ । तीनदिन देखी बर्षासंगै चिसो बढेपछि जिल्लाको उच्च हिमली बस्तीमा समान्य हिमपातसंगै चिसो बढेको छ । अन्नपुर्ण गाउँपालिका अन्र्तरगत घारको महरेडाँडामा हिमपात भएको त्यहाँबाट यामप्रसाद तिलिजाले जानकारी दिनुभयो । बर्षासंगै चिसो बढेपछि गुर्जा, लुलाङ,मुना, मुदी, चिमखोला, दाना, नारच्याङ लगाएत जिल्लाभरको जनजिवन प्रभावित भएको छ ।

शनिबार देखी सदरमु्काम बेनी संगै जिल्लाभर बर्षा हुदाँ स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा जुटेका राजनीतिक दलका कार्यक्रमहरु समेत प्रभावित भएका छन् । उम्मेदवार दर्ताको अन्तिम तयारीमा रहेका राजनीतिक दल र सभा सम्मेलन तथा घरदैलो अभियानमा जुटेका राजनीतिक दलका नेता कार्यकताहरूलाई बर्षाले मतदातासम्म पु्गेर भोट माग्न समेत समस्या भएको छ । सिमसिम पानीले आवतजावतमा समेत समस्या भइरहेको छ । बैशाख महिनामा समेत चिसो बढेपछि सर्वसाधारणले जाडोयामकको महसुस गरेका छन् । बर्षाले पर्यटकीय स्थलमा पुगेका आन्तरिक तथा बाह्य पर्यटक समेत अलपत्र परेका छन् । बर्षासंगै हावाहुरी समेत चलेको छ ।