बेनी नगरपालिका–३ भकिम्लीमा स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवारक्याप्टेन जस बहादुर पुनलाई सोमबार साँझ अपहरणमुक्त गरिएको छ । आज विहान पार्टीको कामको सिलसिलामा सदरमुकाम बेनी तर्फ आइरहेको अवस्थामा अज्ञात समुहले अपहरण गरेका पुनलाई मंगला गाउँपालिकाको बरंजाको अज्ञातस्थलबाट मुक्त गरिएको नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजाले बेनीअनलाइनलाई बताए ।

‘उहाँ सुरक्षित हुनुहन्छ, पार्टीको सम्पर्कमा आइसक्नुभएको छ’ गर्बुजाले भने । विहान करिव १२ बजे सम्पर्कविहिन भएका पुनको परिवारले पार्टीलाई जानकारी गराएपछि खोजीकार्यको क्रममा अपहरणमा गरिएको आशंका गरिएको थियो । नेपाली कांग्रेस म्याग्दीले प्रहरीलाई जानकारी गराएपछि खोजीकार्यका क्रममा नेपाल कम्युनिष्ट पार्टीका कार्यकताहरूले अपहरण गरेको पुष्टी भएको समेत कांग्रेसले जनाएको छ ।

पार्टीका सभापति गर्बुजाले नेकपाका जिल्ला इन्र्चाज गम बहादुर श्रीषसंग पटकपटक टेलिफोन संवाद गरेका थिए । बेनी नगरपालिका–३ बाट उम्मेदवारी दिएका पुनलाई अपहरणको रहस्यका बारेमा समेत अनुसन्धान भइरहेको स्रोतले जनाएको छ । भकिम्लीमा इमान्दार र सक्रिय नेताका रुपमा समेत चिनिएका पुनको अपहरणमा संलग्नहरुको समेत पहिचान हुन सकेको छैन् । नेपाली कांग्रेसका नेता अपहरण गरिएको विषयमा समेत नेकपाले आधिकारिक धारणा सार्वजनिक नगरेपनि जिल्लाका सुरक्षा निकाय र नेपाली कांग्रेसका नेताहरूले नेकपाका जिल्ला इन्र्जाज संग गरेको कुराकानीमा पार्टीको तर्फबाटै अपहरण गरिएको पुष्टी भएको छ ।

अज्ञातस्थलमा पु¥याइएर पुनलाई मुक्त गरिएपनि करिव ८ बजे बरंंजाको दह आसपासको क्षेत्रमा आइपुगेका थिए । भकिम्लीको बाटोबाट अपहरणमा परेका पुनलाई सवारीसाधनको प्रयोग गरी बरंजाको माथिल्लो क्षेत्रमा पु¥याइएको अनुमान गरिएको छ । मंगलबार वडा, गाउँपालिका र नगरपालिकाको मनोनयन दर्ताको तयारीमा जुटेका कांग्रेसका नेता कार्यकर्तालाई त्रसित बनाउने प्रयास स्वरुप अपहरण गरिएको हुनसक्ने अनुमान गरिएको छ । अपहरणको जानकारी पाएपछि प्रहरी र शसस्त्र प्रहरीको टोली खोजीकार्यमा परिचालन गरिएको थियो ।