मतदातालाई भोट माग्न ब्यस्त नारायण पुन (फोटो फिचर)

0

जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित अन्नपूर्ण गाउँपालिकाको प्रमुखका उम्मेदवार नारायण पुनले मतदातालाई भोट माग्न ब्यस्त छन् । जिल्लामा स्रोतसाधनको हिसावले समेत धनी गाउँपालिकाको रुपमा चिनिएको गाउँपालिकाका सबैजसो बस्तीमा पुगेर मतदातालाई आफ्नो योजना सुनाइरहेका पुनले गाउँपालिकालाई देशकै नमुना बनाउने प्रतिबद्धता समेत मतदातासंग गरेका छन् ।

यूवा नेता पुनलाई विजय बनाउन जिल्लाबाट समेत एमालेका नेताहरुले समेत साथ दिएका छन् । उत्तरी क्षेत्रको पर्यटन, जलविद्युत, कृषि लगाएतका क्षेत्रलाई परिचालन गर्न सक्ने र मतदातालाई समेत घरदैलोमै पुगेर मत मागिरहेका पुनले दैनिकजसो अभियान सञ्चालन गरिरहेका छन् । घरदैलो, आम सभा सहित विभिन्न माध्यमबाट मतदातालाई आफ्नो बारेमा जानकारी गराइरहेका पुनले आफ्नो योजनालाई प्रयोग गर्न समेत विजय बनाउन अनुरोध गरेका छन् । एमालेबाट उम्मेदवारी दिएका पुन र कांग्रेसका तर्फबाट पर्यटन ब्यवसायी डम बहादुर पुन विच कडा प्रतिस्पर्धा हुने निश्चित छ ।

कांग्रेसको बलियो उम्मेदवारलाई टक्कर दिन सक्ने यूवाका रुपमा एमालेले नारायणलाई अगाडी सारेपछि चुनावी सर्गर्मी बढेको छ । जिल्लाका अन्य गाउँपालिकाको जनसंख्याको अनुपातमा सबैभन्दा थोरै १३ हजार ३१५ रहेका गाउँपालिकामा माओवादीले प्रमुख र उपप्रमुखमा मनोनयन दर्ताको सम्भावनालाई हेरेर प्रस्पिर्धालाई थप पेचिलो बनाउने योजनामा दुवै पार्टी छन् । गाउँपालिका अन्र्तरगत राम्चे, हिस्तान, घार, शिख, नारच्याङ, दाना, भुरुङ तातोपानी र दोवामा रहेका ५ हजार ६८ पुरुष र ५ हजार ४५० महिला र १ जना तेस्रो लिङ्गी मतदाता गरी १० हजार ५१९ मतदाता रहेका छन् ।