बदर मत न्यूनिकरण गर्न घरघरमा मतदाता शिक्षा कार्यकर्ता

0

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बेनी नगरपालिका २ मा सञ्चालित मतदाता शिक्षा अन्र्तरगत प्रचारप्रसार गदैं संयमसेविका । एक जना मतदाताले सातजनालाई मत दिनुपर्ने भएकाले बदरको सम्भावनालाई ध्यान दिदैं कार्यकर्ताले निरक्षर मतदातालाई धेरै समय दिने गरेको पाइएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा ४५ वडामा ७१ हजार ४ सय ६३ जना रहेको मतदाता रहेका छन् ।

राजनीतिक दलले आफ्ना चुनाव चिन्ह लिएर घरदैलोमा पुग्नु अगाडी नै जिल्लाभर खटिएका मतदाता कार्यकर्ताले स्थानीय निर्वाचन, उम्मेदवारको संख्या,मत हाल्ने तरिका, मतपत्रलाई सुरक्षित तरिकाले पेटिकामा हाल्ने लगाएत निर्वाचनका बारेमा घरदैलोमै पुगेर जानकारी गराएको मंगला गाउँपालिकाकी सामाजिक परिचालक प्रतिक्षा गुरूङले बताउनुभयो ।

निरक्षर अभिभावकले मतदान प्रक्रियामा अलमल पर्ने भएकाले आफ्ना छोराछोरी र साक्षर छिमेकीले समेत मतदान प्रक्रियामा प्रष्ट पार्ने गरेकाले पनि घरदैलो अभियान प्रभावकारी भएको मतदाता शिक्षा स्वयमसेवकको भनाई छ । धेरै मतदाताले आफुँले हाल्ने चुनाव चिन्हका बारेमा बुझ्न खोजेपनि आफुँहरूले नमुना मतपत्रमा कुनैपनि दल विषेश चिन्हको प्रयोग नहुने बारेमा समेत प्रष्ट पार्ने स्वयमसेवकको भनाई छ ।

गाउँघरमा धमाधम उम्मेदवारी घोषणा संगै घरदैलो अभियानमा जुटेका दलका नेता– कार्यकर्तालाई समेत स्थानीयबासीले मतदान प्रक्रियाका बारेमा जानकारी पाएपछि आफुँले उम्मेदवार हेरेर मतदान गर्ने जवाफ दिएर फर्काउने गरेका छन् । जिल्लामा मतदाता शिक्षा प्रशिक्षणबाट छनौट भएका कार्यकर्तामा सामाजिक परिचालक भएकाले पनि अभियान सञ्चालनमा सहज भएको जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले बताउनुभयो ।

निर्वाचन लोकतन्त्रको सुन्दरता भएकाले पनि जनताले निर्वाचन सम्बन्धि हरेक गतिविधिमा सहभागिता जनाइरहेको मतदाताले निर्वाचनको दिन कुरिरहेका छन् यता केही राजनीतकि दलले गाउँमा मतदाता स्वयमसेवकलाई नदेख्ने गरेको गुनासो समेत गरेका छन् । सोमबार जिल्लामा आयोजित कार्यक्रममा प्रचारप्रसार र अनुगमन कम भएको भन्दै ज्याामरुककोट लगाएतका क्षेत्रबाट अनुगमन गर्न समेत अनुरोध गरे । मतदाता शिक्षालाई प्रभावकारी बनाउन कार्यकर्ताले सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीलाई समेत मतदान प्रक्रियाका बारेमा जानकारी गराइएकाले पनि बदर मतको संख्या कम हुने अपेक्षा गरिएको छ ।