स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका र पाँचवटा गाउँपालिकामा उत्साहजनक सहभागितामा उम्मेदवारको मनोनयन दर्ता भएको छ । विहान १० बजे देखी सुरु गर्ने कार्यतालिका भएपनि सानाठुला राजनीतिक दल करिव १ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

नेपाली कांग्रेस,नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमुक्ती पार्टी र स्वतन्त्र उम्मेदवारको उपस्थितीले सदरमुकाम बेनीस्थित विरेन्द्रचोकमा चुनावी चहलपहल देखिएको थियो । करिव दुईदशक यता हुन लागेको स्थानीय तहको निर्वाचनमा मनोनयन दर्तालाई कांग्रेस र एमालेले शक्ती प्रर्दशनको रुपमा लिएका थिए । मोटरसाईकलमा यूवाले बजार परिक्रममा गरेपछि पञ्चेबाजा सहित मनोनयन दर्ता गर्न नगरपालिका अन्र्तरगतका १० वडाका अध्यक्ष सहितको उपस्थितीमा भएको मनोनयन दर्ताका लागि आवश्यक प्रक्रिया पुरा गर्न समेत हम्मेहम्मे भएको थियो ।

मनोनयन दर्ताका लागि आवश्यक पर्ने प्रक्रिया झन्झटिलो र लामो भएकाले पनि राजनीतिक दलले कार्यालयमै तयारी गरी आउँदा करिव ३ बजेपछि साँझसम्म मनोनयनको दर्ता टुगिंएको छैन् ।बेनी नगरपालिकामा नेपाली कांग्रेस र माओवादीको तालमेलमा मेयरमा कांग्रेसका हरिकुमार श्रेष्ठ,उपप्रमु्खमा माओवादी केन्द्रकी ज्याती लामिछाने, नेकपा एमाले र राप्रपाको तालमेलमा मेयरमा एमालेका प्रमोद श्रेष्ठ, उपप्रमुख राप्रपाकी सञ्जु बरुवालले मनोनयन पत्र दर्ता गरेकी छन् । त्यसैगरी मेयरमै नयाँ शक्ती पार्टीबाट याम किसान, राष्ट्रिय जनमोर्चाबाट विदुर कार्की रहेका छन् ।त्यस्तै मंगला गाउँपालिकामा नेपाली कांग्रेसबाट श्रीप्रसाद पौडेल, उपप्रमुखमा हुमादेवी फगामी, नेकपा एमालेबाट सतप्रसाद रोका,उपप्रमुखमा श्रीजना केसी, माओवादी केन्द्रबाट चन्द्र प्रसाद बुढाथोकीले प्रमुखमा मनोनयन दर्ता गरेका छन् ।

कांग्रेस र माओवादी विच तालमेल गरिएकाले माओवादीले उपप्रमुख उम्मेदवारी नदिएपनि वडास्तरको तालमेल सहमति नभएपछि कांग्रेसले प्रमुखमा उम्मेदवारी दिएको छ । त्यस्तै मालिका गाउँपालिकामा कांग्रेसबाट श्रीप्रसाद रोका प्रमुख,उपप्रमुखमा बिमला रोका, नेकपा एमालेबाट प्रमुखमा बेगप्रसाद गर्बुजा, उपप्रमुखमा खरमायाँ विटालु, माओवादी केन्द्रबाट प्रमुखमा कमल केसी, उपप्रमुखमा गौरी सेञ्चुरी रहेको गाउँपालिकाका कार्यकारी प्रमुख छविलाल सुबेदीले बताए । जिल्लाको विकट क्षेत्रका बस्तीलाई समेट्ने धौलागिरि गाउँपालिमा कांग्रेस माओवादीको तालमेलमा माओवादीका रिमप्रकाश भण्डारी, उपप्रमुखमा कांग्रेशका डम्बर भण्डारी, नेकपा एमालेबाट प्रमुखमा थमसरा पुन र उपप्रमुखमा रमेश छन्त्यालले उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित अन्नपुर्ण गाउँपालिमा कांग्रेसबाट क्याप्टेन डम बहादुर पुन, उपप्रमुखमा केशमायाँ पुन,नेकपा एमालेबाट प्रमुखमा नारायण पुन, उपप्रमुख दुर्गा पुर्जा र माओवादी केन्द्रबाट प्रमुखमा कुलवीर राम्जालीले उम्मेदवारी दिएपनि उपप्रमुखमा कुनैपनि उम्मेदवारी परेको छैन् । त्यस्तै रघुगंगा गाउँपालिकामा नेकपा एमाले, माओवादी र राप्रपा विच तालमेलबाट प्रमुखमा नेकपा एमालेबाट खिम बहादुर शाही, उपप्रमुखमा माओवादी केन्द्रका हरि बहादुर भण्डारीले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसबाट प्रमुखमा भव बहादुर भण्डारी र उपप्रमुखमा कल्पना गर्बुजाले मनोनयन दर्ता गरेका छन् । जिल्लाभर वडा सदस्य सहितका सबै विवरण प्राप्त हुने सकेको छैन् ।