म्याग्दीको रघुगंगा गाउँपालीका ४ दग्नामको वडा नेपाली काँग्रेसका एकबहादुर गर्बुजा वडा अध्यक्षमा निर्वीरोध चयन भएका छन् । मंगलबार भएको मनोनयन दर्तामा वडा ४ को वडाअध्यक्षमा गर्बुजाको मात्रै उमेद्वारी दर्ता भएको रघुगंगा गाउँपालीकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दग्नामको जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गर्बुजा विभिन्न उपभोक्ता समितिमा समेत आवद्ध छन् ।

कांग्रेसको पकट क्षेत्र मानिने दग्नामको निर्विरोधसंगै गाउँपालिका अन्र्तरगतको मुद्धा समेत थप पेचिलो बनेको छ । दग्नाममा अध्यक्ष र ४ जना वडा सदस्य समेत निर्विरोध भएका छन् । वडा सदस्यमा धनप्रसाद गर्बुजा, कृष्ण गुर्बजा, महिला सदस्यमा सविना पुन र महिला दलित सदस्यमा सविता दर्जी रहेको नेपाली कांग्रेस म्याग्दीका जिल्ला सदस्य अजय मिलन श्रेष्ठले बेनीअनलाइनलाई बताए ।

निर्विरोध भएपछि जनताको कामलाई प्रतिबद्ध भएर अगाडी बढाउने बताए । त्यस्तै गाउँपालिका अन्र्तरगतकै वडा–८ कुईनेमँगलेबाट काँग्रेसकै वडा सदस्यहरु खबहादुर छन्त्याल, महिला सदस्य प्रिति गर्बुजा र दलित महिला सदस्य यामकुमारी गोतामे घर्ती निर्विरोध निर्वाचित भएका छन् । वडा अध्यक्ष सहित अन्य पदमा बैशाख ३१ गते निर्वाचन हुने छ । दग्नाममा ८३४ मतदाता र कुईनेमंगलेमा ९४२ मतदाता रहेका छन् ।