स्थानीय तहको निर्वाचनमा मनोनयन दर्तासंगै बुधबार देखी चुनावी चहलपहलले तिब्रता पाएको छ । मंगलबार दिउँसोसम्म आन्तरिक छलफल र तालमेलमा ब्यस्त रहेका राजनीतिक दलले वडा, गाउँपालिका र नगरपालिकामा उम्मेदवारी दर्ता गरेपछि आन्तरिक रणनीति, चुनावी मोर्चा सहित आवश्यका अनुसारको योजना बनाउन ब्यस्त छन् । नेपाली कांग्रेस,नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपालको सर्मथनमा नयाँ शक्ती, राष्ट्रिय जनमुक्ती पार्टी र स्वतन्त्र उम्मेदवारले वडा देखी गाउँपालिका प्रमुखसम्म उम्मेदवारी दर्ता गरेलगत्तै उत्साहजनक उपस्थितीमा चुनावी सरगर्मी बढेको छ ।

जिल्लामा कांग्रेस र माओवादी र एमाले–राप्रपा विचको तालमेलले समेत चुनावी अभियान थप पेचिलो हुने निश्चित छ । बेनी नगरपालिका देखी गाउँपालिकासम्म चुनावी तयारीमा जुटेका राजनीतिक दलले आफ्नो पक्षमा पार्न आवश्यक सबै शक्ती प्रयोग गर्ने निश्चित छ । बेनी नगरपालिकामा नेपाली कांग्रेस र माओवादीको तालमेलमा मेयरमा कांग्रेसका हरिकुमार श्रेष्ठ,उपप्रमु्खमा माओवादी केन्द्रकी ज्याती लामिछाने, नेकपा एमाले र राप्रपाको तालमेलमा मेयरमा एमालेका प्रमोद श्रेष्ठ, उपप्रमुख राप्रपाकी सञ्जु बरुवाल चुनावी मैदानमा छन् ।

त्यसैगरी मेयरमै संघीय समाजवादी फोरमबाट याम किसान, राष्ट्रिय जनमोर्चाबाट विदुर कार्कीले समेत मेयर बन्ने दौडमा प्रचारप्रसार गरिरहेका छन् । बेनी नगरपालिका भित्र तालमेल गरेर चुनावी मैदानमा उत्रिएका राजनीतिक दल विच कडा प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लाको पाँचवटा गाउँपालिमा समेत दल र स्वतन्त्रबाट मनोनयन दर्ता भएको छ । मंगला गाउँपालिकामा नेपाली कांग्रेसबाट श्रीप्रसाद पौडेल, उपप्रमुखमा हुमादेवी फगामी, नेकपा एमालेबाट सतप्रसाद रोका,उपप्रमुखमा श्रीजना केसी, माओवादी केन्द्रबाट चन्द्र प्रसाद बुढाथोकीले प्रमुखमा मनोनयन दर्ता गरेका छन् ।

कांग्रेस र माओवादी विच तालमेल गरिएकाले माओवादीले उपप्रमुख उम्मेदवारी नदिएपनि वडास्तरको तालमेल सहमति नभएपछि कांग्रेसले प्रमुखमा उम्मेदवारी दिएको छ । कांग्रेस र माओवादी केन्द्र विच तालमेल विवादले एमालेले आफ्नो पक्षमा नतिजा निकाल्ने कसरत गर्ने निश्चित छ । त्यस्तै मालिका गाउँपालिकामा कांग्रेसबाट श्रीप्रसाद रोका प्रमुख,उपप्रमुखमा बिमला रोका, नेकपा एमालेबाट प्रमुखमा बेगप्रसाद गर्बुजा, उपप्रमुखमा खरमायाँ विटालु, माओवादी केन्द्रबाट प्रमुखमा कमल केसी, उपप्रमुखमा गौरी सेञ्चुरी रहेको गाउँपालिकाका कार्यकारी प्रमुख छविलाल सुबेदीले बताए ।मालिकामा विप्लव माओवादीबाट निस्कृय भएकाले समेत स्वतन्त्रमा गाउँपालिका प्रमुख र उपप्रमुखममा समेत उम्मेदवारी दिएका छन् ।

स्वतन्त्रका उम्मेदवार साविकको विम गाविसका भएकाले पनि एमालेका गाउँपालिका प्रमुख बेगप्रसाद गर्बुजालाई स्वतन्त्रको उम्मेदवारले असर गर्ने देखिन्छ। जिल्लाको विकट क्षेत्रका बस्तीलाई समेट्ने धौलागिरि गाउँपालिमा कांग्रेस माओवादीको तालमेलमा माओवादीका रिमप्रकाश भण्डारी, उपप्रमुखमा कांग्रेशका डम्बर भण्डारी, नेकपा एमालेबाट प्रमुखमा थमसरा पुन र उपप्रमुखमा रमेश छन्त्यालले उम्मेदवारी दर्ता गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित अन्नपुर्ण गाउँपालिमा कांग्रेसबाट क्याप्टेन डम बहादुर पुन, उपप्रमुखमा केशमायाँ पुन,नेकपा एमालेबाट प्रमुखमा नारायण पुन, उपप्रमुख दुर्गा पुर्जा र माओवादी केन्द्रबाट प्रमुखमा कुलवीर राम्जालीले उम्मेदवारी दिएपनि उपप्रमुखमा कुनैपनि उम्मेदवारी परेको छैन् ।

अन्नपुर्ण गाउँपालिकामा कांग्रेस र माओवादीको तालमेलले भूमिका खेल्न सकेन् ।त्यस्तै केन्द्र विवादले बहिस्कारको आन्दोलन चलिरहेको रघुगंगा गाउँपालिकामा नेकपा एमाले, माओवादी र राप्रपा विच तालमेलबाट प्रमुखमा नेकपा एमालेबाट खिम बहादुर शाही, उपप्रमुखमा माओवादी केन्द्रका हरि बहादुर भण्डारीले उम्मेदवारी दिएका छन भने नेपाली कांग्रेसबाट प्रमुखमा भव बहादुर भण्डारीले मनोनयन दर्ता गरेका छन् । केन्द्र विवादको आन्दोलनमा रहेका तीनवटै पार्टीले पटकपटक आफ्नो पक्षमा नतिजा पार्न भूमिका खेलेपनि सोचेजस्तो परिणाम नआएपछि आन्दोलन स्थगीत गरेर चुनावी मैदानमा उत्रिएकाले पनि यहाँको चुनावी नतिजा कसको पक्षमा जान्छ भन्न सकिदैन् । जिल्लाभर टोल देखी चुल्यो सम्म चुनावी चर्चा चुलिएको छ ।

विज्ञापन