जिल्लाको विकट मुदीको खिवाङमा विद्यालयको प्रधानध्यापक भएर काम गर्दा धेरैले महिलाले माध्यमिक तहको विद्यालय हाँक्न सक्छन भन्दै प्रश्न तेर्साउने गरेका थिए । सदरमुकामबाट समेत मुस्किलले एकदिनमा पुगिने खिवाङको चन्द्रज्योती माविको शिक्षक हुदै प्रध्यानध्यापकको जिम्मेबारीसंगै सामाजिक कार्यमा समेत सक्रिय रहेकी पुन धौलागिरि गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनेपछि उनको चर्चा थप चलिएको छ ।

शिक्षा, स्वास्थ्य, विकास निर्माण र दुर्गमबस्तीका समस्यालाई जिल्लासम्म ल्याउन भूमिका खेल्ने गरेकी पुनलाई नेकपा एमालेले प्रमुखमा उम्मेदवार बनाएपछि जिल्लाका ६ वटा स्थानीय तहमा एक्ली महिला प्रमुख उम्मेदवार बनेकी छन् । महिलालाई उपप्रमुख भन्दै कोटा विभाजन गरिएको अवस्थामा पुनले गाउँपालिका अन्र्तरगतका पुराना नेताहरुलाई समेत पन्छाएर प्रमुखको उम्मेदवारीसंगै मुदी, मुना, ताकम, मराङ, लुलाङ र गुर्जाका बस्तीहरुमा आफ्नो योजना सहित चुनावी प्रचारप्रसार सुरु गरेकी छन् ।

अस्थायी शिक्षकको पदबाट राजिनामा दिएर आफ्ना योजना सहित अभियानमा जुटेकी छन् । गाउँपालिकाका नेपाली कांग्रेस र माओवादी केन्द्र विच तालमेलका विच उम्मेदवारी दिएकी पुनले समेत कडा चुनौती दिएकी छन् । धेरै मतदाता भएको गाउँकी उम्मेदवार, महिला र अन्य जातीसंग समेत राम्रो सम्बन्ध लगाएतका कारणले समेत कांग्रेस र माओवादीको गठबन्धनलाई चुनौती बनेको छ । पुनलाई सघाउने उपप्रमुखमा समेत सक्रिय यूवा रेशम छन्त्यालले उम्मेदवारी दिएका छन् ।

सामाजिक संघसंस्थामा समेत करिव आधा दशक विताएका छन्त्यालको मेहनत र मतदातासंगको परिचयले समेत उनलाई सहज भएको देखिन्छ । पुनलाई ताकम धारापानीकै लोकप्रिय मानिएका रिमप्रकाश थापा चुनौती बनेका छन् । सामाजिक संस्था आइएनएफ मार्फत दुर्गमबस्ती सम्म विकास पुर्याएका र सहकारी मार्फत जनताका समस्यालाई समाधान गर्ने प्रयास गरेका थापाको चुनौतीका रुपमा भने देखिएका छन् ।

महिला नेतृले गाउँपालिको प्रमुखमा उम्मेदवारी दिएपछि पुनलाई बधाई दिनको ताँती लागेको छ । ्‘दुर्गम गाउँपालिकाको जिम्मेबारीमा पुग्ने प्रयासलाई हामीले ठुलो उपलब्धीका रुपमा लिएका छौ । महिला सक्षम भए सहजै जिम्मेबारी बहन गर्न सक्छन भन्ने उदाहरण बन्ने प्रयासमा हुनुहुन्छ’ दिदी बहिनी सहकारीकी अध्यक्ष जमुना आचार्यले भनिन् । उनले पुनको सक्रियताले जिल्लाका महिलालाई समेत थप हौसला मिलेको बताईन् । धधौलागिरि गाउँपालिकामा पुरुष ४ हजार ४८६, महिला ४ हजार ८४८गरी ९ हजार ३३४ मतदाता रहेका छन् ।