स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट बेनी नगरपालिका र पाँचवटा गाउँपालिकामा उम्मेदवारी दर्ता गरेको छ । जनयूद्धबाट शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा सम्पन्न भएको पहिलो संविधान सभाको निर्वाचनामा करिव २३ हजार मतले विजय भएको माओवादीले दोस्रो संविधान सभाको निर्वाचनमा तेस्रो स्थानमा पुगेको थियो । शान्ति प्रक्रियामा सहभागि भएको केहीबर्षमै विभाजित भएको माओवादीका विभिन्न समुहका कारण कमजोर बन्दै गएपनि जिल्लामा बलियो शक्तीको रुपमा मानिन्छ ।

दुईदशक यता हुन लागेको स्थानीय तहको निर्वाचनमा माओवादीले जिल्लामा नेपाली कांग्रेस र एमालेसंग तालमेल गरेको छ । बेनी नगरपालिकामा कांग्रेस संग तालमेल गरेपनि रघुगंगामा एमालेसंग जोडिएर चुनावी मैदानमा उत्रिएको माओवादीले मंगलबार उम्मेदवारको मनोनयन दर्ताको क्रममा प्रस्तुत गरेका वडाका अध्यक्षहरूले वडामा आफ्नो प्रभाव रहेको दावी गरेका छन् । जिल्लाको पश्चिम म्याग्दीमा प्रभाव बलियो देखिएपनि उत्तरी म्याग्दीमा माओवादीले आफ्नो उपस्थिती कमजोर देखाएको छ । गाउँपालिका उपप्रमुख सहितका केही वडामा उम्मेदवारी समेत दिएको छैन् । माओवादीका वडा अध्यक्षका उम्मेदवारहरू

अन्नपूर्ण गाउँपालीका
अन्नपुर्ण गाउँपालिका– २ भुरुङ तातोपानीमा ओमबहादुर फगामी
अन्नपुर्ण गाउँपालिका– ५ शिखमा बागबिर पाईजा

बेनी नगरपालिका
बेनपा– १ मा चित्रबहादुर थापा,
बेनपा– २ मा कृष्ण कार्की,
बेनपा–४ मा अणबहादुर खड्का (भगवान)
बेनपा– ५ मा सागर पौडेल
बेनपा– ६ मा यादव सुवेदी
बेनपा– ९ मा झलक बिक

मंगला गाउँपालीका
मंगला गाउँपालीका–२ बाबियाचौरमा बृन्दा खड्का
मंगला गाउँपालीका–३ मा यामबहादुर रोका
मंगला गाउँपालीका–४ मा ओमबहादुर रोका (रवी)
मंगला गाउँपालीका–५ मा मनबहादुर मगर

मालीका गाउँपालीका
मालीका गाउँपालीका–१ मा गोविन सिउथानी,
मालीका गाउँपालीका–२ मा अमबहादुर बिक
मालीका गाउँपालीका–३ मा बलबहादुर पुन
मालीका गाउँपालीका– ४ मा दिलीप शेरचन
मालीका गाउँपालीका–५ मा रवीन्द्र राना
मालीका गाउँपालीका– ६ मा खड्ग छन्त्याल

धौलागिरी गाउँपालीका
धौलागिरी गाउँपाली–१ गुर्जामा झकबहादुर छन्त्याल
धौलागिरी गाउँपाली–३ मुनामा यामबहादुर भण्डारी
धौलागिरी गाउँपाली–६ मराङमा बालकृष्ण सुवेदी
धौलागिरी गाउँपाली–७ ताकममा खमबहादुर थापा

रघुगंगा गाउँपालिका
रघुगंगा गाउँपालिका–२ भगवतीमा रिमबहादुर कटुवाल