स्थानीय तहको निर्वाचनमा मनोनयन दर्तासंगै चुनावी अभियानलाई तिब्रता दिएको नेकपा एमालेले बेनी नगरपालिका सहित जिल्लाका सबै गाउँपालिकामा चुनावी अभियान सुरू गरेको छ । मंगलबार मनोनयन दर्तामा पञ्चेबाजा सहित उपस्थित भएको एमालेले बेनी नगरपालिका र पाँचवटै गाउँपालिका आफ्नो पोल्टामा पार्ने गरी योजना बनाएर चुनावी मैदानमा उत्रिएको पार्टीका नेताहरूको भनाई छ ।
जिल्लास्तरका नेताहरुको उपस्थितीमा भइरहेको चुनावी अभियानलाई घरदैलो, आन्तरिक भेटघाट र चुनावी आमसभाको तयारीमा समेत पार्टी जुटेको छ । दोस्रो संविधान सभामा विजय भएको एमालेले आफ्नो संगठन र कार्यकर्ताको उत्साह र जनलहरका कारण वडास्तरमै अन्य दलको तुलनामा धेरै स्थानमा जित्ने दावी समेत गरेको छ । वडास्तरमै बसेर समाजको काम गरेकालाई प्राथमिकता दिएको एमालेको भनाई छ ।
नेकपा एमालेबाट उम्मेदवार बनेका वडाअध्यक्षहरुको नामावलीः
बेनी नगरपालिका
बेनपा १, रत्नेचौरः टेकबहादुर रावल
बेनपा २, ज्यामरुककोटः हिराबहादुर थापा
बेनपा ३, भकिम्लीः दिलबहादुर थापा
बेनपा ४, सिङ्गाः गोविन्द पौडेल
बेनपा ५, पुलाचौरः लक्ष्मण बानियाँ
बेनपा ६, अर्थुङ्गेः कृष्णबहादुर बानियाँ
बेनपा ७, बेनीः राजेन्द्र श्रेष्ठ
बेनपा ८, बेनी, क्याम्पसचोकः रामकृष्ण विश्वकर्मा
बेनपा ९, घतानः बेलबहादुर चोखाल
बेनपा १०, पात्लेखेतः कृष्णबहादुर मल्ल
मङ्गला गाउँपालिका
१. कुहुँः डेगबहादुर राम्जाली
२. बाबियाचौरः धनबहादुर खाती क्षत्री
३. बराङ्जा (१–६)ः कविन्द्र रोका
४. बराङ्जा (१–९)ः ओमप्रसाद रोकामगर
५. अर्मनः भूपेन्द्र केसी
मालिका गाउँपालिका
१. निस्कोटः बुद्धिबहादुर पुन
२. रुम (१–६)ः नरबहादुर पुन
३. रुम (७–९)ः होमबहादुर पुन
४. ओखरबोटः दधिलाल कँडेल
५. देवीस्थानः कुलबहादुर घर्ती
६. दरबाङः सन्तनाथ जैसी
७. विमः टुकलाल पुन
धौलागिरि गाउँपालिका
१. गूर्जाः
२. लुलाङः गमप्रसाद विक
३. मुनाः पूर्म पुन
४. मुदीः वेगप्रसाद घर्ती
५. मल्कबाङः तिर्सना दर्जी
६. मराङ राजाराम सुवेदी
७. ताकमः कलानिधि सुवेदी
अन्नपूर्ण गाउँपालिका
१. दोवाः दिलिपकुमार गर्बुजा
२. भूरुङ–तातोपानी याम फगामी
३. दानाः नरसिङ पूर्जा
४. नारच्याङः रुमलाल पुन
५. शिखः भीमबहादुर तिलिजा
६. घारः गोकुल बरुवाल
७. हिस्तानः चन्द्रबहादुर पुन
८. राम्चे ः खमबहादुर गर्बुजा
रघुगङ्गा गाउँपालिका
१. वेगखोलाः नरसिङ पुन
२. भगवतीः
३. पिप्लेः अर्जुन सुवेदी
४. दग्नामः
५. झिँः कृष्णबहादुर थजाली
६. पाखापानीः
७. चिमखोलाः ओमबहादुर पुन
८. कुईनेमङ्गलेः चन्द्रमान छन्त्याल