यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मङ्गलबार भएको उम्मेदवारको मनोनयन दर्ता गर्ने क्रममा अन्य दलका उम्मेदवारले मनोनयन दर्ता नगरेपछि रघुगङ्गा गाउँपालिकाका विभिन्न वडामा नेपाली कांग्रेसका १० उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा रघुगङ्गा गाउँपालिका–४ को वडा अध्यक्षमा एकबहादुर गर्वुजा र सदस्यमा कृष्ण गर्बुजा, धनप्रसाद गर्वुजा, सविता पुन र सविता वर्देवा रहेको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । त्यसैगरी सोही गाउँपालिकाको वडा नं ७ कुइनेमङ्गलेमा तीनजना सदस्य, त्यसैगरी वडा नं ५ पाखापानीबाट एकजना महिला सदस्य र वडा नं १ बेगबाट एकजना दलित सदस्य गरी एक वडा अध्यक्षसहित १० जना सदस्यहरू निर्विरोध निर्वाचित भएका नेपाली कांग्रेस म्याग्दीका प्रचार विभाग प्रमुख अजयमिलन श्रेष्ठले जानकारी दिए । रासस