संगीतमय बन्दै म्याग्दीको चुनावी आमसभा

0

स्थानीय तहको निर्वाचनको मनोनयन दर्तासंगै चुनावी अभियानमा जुटेका म्याग्दीका राजनीतिक दलका वडास्तरीय आमसभामा गीतसंगीतमय भएको छ । बेनी नगरपालिका र पाँचवटा गाउँपालिकामा चुनावी आमसभामा मतदातालाई आर्कषित गर्न र धेरै जनसमुदायको उपस्थिती देखाउन समेत चुनावी नारा समेटिएका गीतसंगीतका साथै विभिन्न लोकप्रिय गीतका नृत्यहरूले समेत चुनावी चहलपहल बढाएको छ ।

दलैपिच्छे यूटुवमा छ्याछ्याती भेटिने गीतहरूमा सबैभन्दा धेरै मतदातालाई आर्कषित गर्ने गीतहरूलाई चुनावी आम सभामा प्रस्तुत गर्ने गरिएको छ । चुनावजस्ता राजनीतिक अवसरका बेलामा गीतसंगीतलाई बलियो हतियार मान्ने गरिन्छ । मनोनयन दर्ता गरेर बेनी नगरपालिकाका विभिन्न बस्तीमा मतदातालाई भोट माग्दै हिडेका मेयरका उम्मेदवार प्रमोद श्रेष्ठ सहितको टोली बद्री पंगेनी र प्रिया भण्डारीले गाएको मै पनि एमाले… बोलको गीतमा छमछमी नाचेका छन् । बालबालिका देखी बृद्धबृद्धासम्मलाई आर्कषित गर्ने गीतमा नृत्य गर्न चुनावी अभियानमै कलाकारहरु समेत खटिएका छन् । त्यस्तै नेपाली कांग्रेसको बिहिबार दोवामा सम्पन्न भएको चुनावी आमसभामा समेत चुनावी गीत घन्किएको छ ।

कांग्रेसले मनोनयन र्फिता संगै शुक्रबार देखी बेनी नगरपालिका भित्र समेत ‘भोट हालौं रुखमा… गीस्त सहित विभिन्न चुनावी गीतसहित अभियानमा जुट्ने तयारी गरेको छ । त्यस्तै माओवादी केन्द्रले समेत चुनावी र जनवादी गीतहरू तयारी अवस्थामा राखेको छ । जनयूद्धमा गीतसंगितको अवलोकन गर्ने क्रममा सार्वजनिक हुने गरेका माओवादी नेताहरूले गीतसंगीतलाई बलियो हतियारका रुपमा लिन्छन् ।

म्याग्दीमा समेत माओवादी केन्द्रले चुनावी अभियानलाई ‘म पनि माओवादी’ लगाएतका गीतलाइ्र्र प्रयोग गर्ने जनाएको छ । देशकै चौथो शक्ती भएपनि राप्रपाको चुनावी तालमेलमा केन्द्रित भएपनि अपेक्षा गरे अनुसारको तयारी गरेको देखिदै्रन् । राप्रपा र राप्रपा नेपाल विचको एकिकरणपछि चुनावी मैदानमा रहेको राप्रपाले आफ्नो पकट र मतदाता भएको क्षेत्र भनिएका वडामा समेत तालमेल गरेकाले पनि एक्लै चुनावी अभियानमा हिड्ने सम्भावना न्यून देखिएको छ । जिल्लाभर चुनावी चहलपहल संगै दलले यूवालाई मोटरसाईकल र अन्य प्रचारप्रसारमा प्रयोग गरेका छन् । सहर बजारमा समेत दिनभरी चुनावी गीतहरू घन्कने गरेका छन् ।