स्थानीय तहको निर्वाचनमा जिल्लाको धौलागिरि गाउँपालिका अन्र्तरगत मल्कवाङमा नेपाली कांग्रेसकी दलित महिला सदस्य निर्विरोध भएकी छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी धनसरा विकको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । धौलागिरि गाउँपालिका अन्र्तरगत ५ नम्बर वडा रहेको मल्कवाङमा कांग्रेसको बलियो पकट मानिन्छ ।

नेपाली कांग्रेसलाई माओवादी केन्द्रले समेत सर्मथन गरेको छ । गाउँपालिकामा मनोनयन दर्तासंगै चुनावी अभियानले तिब्रता पाएको छ । कांग्रेस र माओवादीको संयुक्त प्यानलबाट रिमप्रकाश थापाले प्रमुखमा उम्मेदवारी दिएका छन भने नेकपा एमालेबाट थमसरा पुन मैदानमा छिन् । गाउँपालिका अन्र्तरगत ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङमा चुनावी अभियानले तिब्रता पाएको छ । हालसम्म रघुगंगा गाउँपालिका–४ दग्नाममा नेपाली कांग्रेसका एक बहादुर गर्बुजा सहितका प्रतिनिधिसंगै कुईनेमंगले र बेगखोलामा गरी १० जना निर्विरोध भएका छन् ।