उम्मेवारको त्रुटि भेटिएपछि लुलाङमा एमाले महिला सदस्य निर्विरोध

0

स्थानीय तहको निर्वाचनमा जिल्लाको धौलागिरि गाउँपालिका–२ लुलाङमा माओवादी केन्द्रकी महिला सदस्य फुलमायाँ बुढाथोकीको उम्मेदवारीमा त्रुटि भेटिएपछि नेकपा एमालेकी महिला सदस्य निर्विरोध चयन भएकी छन् । नेकपा एमालेकी सुवादेवी पुर्जाले बुढाथोकीले महिला स्वयमसेविकाको पदबाट राजिनामा नदिई उम्मेदवारी दिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएपछि छानविनको क्रममा बुढाथोकीको कमजोरी भेटिएपछि उम्मेदवारी रद्ध गरिएको जनाएको छ ।

उजुरीको छानविन लगत्तै अन्तिम नामावली प्रकाशितको क्रममा उम्मेदवारी रद्धको जानकारी गराइएको थियो । निकै प्रस्तिपर्धा मानिएको लुलाङमा माओवादी केन्द्र र नेपाली कांग्रेसले तालमेल गरेका छन भने नेकपा एमाले र राप्रपा विचको सहकार्यबाट चुनावी प्रतिस्पर्धा भइरहेको छ । दलित र जनजातिको बसोबास रहेको लुलाङमा कडा प्रस्पिर्धा हुने अनुमान गरिएको छ । लुलाङमा ९३६ मतदाता रहेका छन् । कांग्रेस र माओवादीको संयुक्त प्यानलबाट रिमप्रकाश थापाले प्रमुखमा उम्मेदवारी दिएका छन भने नेकपा एमालेबाट थमसरा पुन मैदानमा छिन् । गाउँपालिका अन्र्तरगत ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङमा चुनावी अभियानले तिब्रता पाएको छ ।