नेकपा एमाले म्याग्दीले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका आधीकारीक उमेद्वार विरुद्ध बागी उमेद्वारी दिने नेतालाई कारबाही गरेको छ । मंगला गाउँपालीका २ बाबियाचौरको वडा अध्यक्ष पदमा बागी उमेद्वारी दर्ता गराएका बाबियाचौरका नारायण अधिकारीलाई कारबाही गरिएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

अधिकारी नेकपा एमालेका बावियचौर क्षेत्रमा अगुवा नेता मानिन्छन् । बावियाचौर मंगला क्याम्पस स्थापना, उच्च मावि सञ्चालनका लागि महायज्ञ सहित शैक्षिक र स्वास्थ्य, विकास निर्माणमा समेत उनको सक्रियता रहेको थियो । वडा अध्यक्षमा दावी गरेका अधिकारी माओवादी जनयूद्धमा समेत गाउँमै बसेर डटेर सामना गरेका थिए । उनले मंगला क्याम्पसको जग्गा लाम्पाटामा खरिद गरिएपछि समेत त्यसको विरोध गदैं आन्दोलनको अगुवा समेत गरेका थिए।

पार्टीको बिधान र स्थानीय तह निर्वाचन सम्बन्धि निर्देशन विपरीत काम गरेकाले अधिकारीलाई जिल्ला र साधारण सदस्यबाट निष्कासन गरेको विज्ञप्तीमा उल्लेख छ । अधिकारी एमालेको जिल्ला कमिटि सदस्य हुन् । एमालेले बाबियाचौरमा रणवाङका धनबहादुर खातीलाई वडा अध्यक्षको उमेद्वार बनाएको छ । गाउँपालीकाको अध्यक्षको उमेद्वारका आकांक्षी रहेका अधिकारीले टिकट नपाएपछी असन्तुष्टि जनाउँदै वडा अध्यक्षमा स्वतन्त्र उमेद्वारी दर्ता गगराएका थिए ।