न्यु वेष्ट प्वाईन्टका छात्राहरुलाई सेनिटरी प्याड बनाउने तालिम दिईएको छ । २२ गते शुक्रबार कक्षा ७ देखि १० सम्मका २३० जना छात्राहरुलाई सो तालिम दिइएको हो । किशोराबस्थामा प्रवेश गरे लगतै छात्रामा शुरु हुने महिनावारी, महिनावारी भनेको केहो ? यस अबस्थाका समस्या र ध्यान दिनु पर्ने कुरा लगायत त्यसपछिका अबस्थाका बारेमा जानाकारी गराइएको हो ।

साथै महिनावारीका बेलामा अपनाउनु पर्ने सरसफाई लगायतका बारेमा विद्यालयका स्वास्थ्य स्वयं सेविका द्वय बिमला पुन र शुस्मा पौडेलले जानकारी गराउनु भएको थियो । बजारमा पाइने सेिनटेरी प्याड स्वास्थ्यका हिसाबले राम्रो नहुने, खर्चालु हुने र धेरै पटक परिबर्तन गरिरहनु पर्ने, पटक पटक प्रयोग गर्न नमिल्ने, समयमा परिबर्तन नगरेमा अनेकौं इन्फेक्सन र दुर्गन्ध आउने जस्ता कारणले आफैले सेिनटेरी प्याड बनाउने तरिका सिकाइएको हो । दुई सत्रमा भएको कार्यक्रममा दोश्रो सत्रमा छात्राहरुलाई सेिनटेरी प्याड बनाउने तरिका सिकाइएको हो । पुर्व प्राथमिक तह संयोजक आशा रोका र शिक्षिका देबी जिसीले प्याड बनाउने तरिका सिकाउनु भएको हो ।

एक पटक बनाएको प्याड राम्रो संग सफा गर्ने गरेमा ३ वर्ष सम्म प्रयोग गर्न सकिने उहाँहरुल बताउनु भयो । कम खर्चिलो र महिनावारीको बेलामा पटक पटक परिवर्तन गर्न नपर्ने, एक दिनमा एक पटक परिवर्तन गरे पुग्ने भएकोले समेत यो ज्यादै प्रभावकारी हुने उहाँहरुले बताउनु भयो । आफैले बनाउन सकिने भएकोले समेत यो अत्यन्तै सस्तो पर्ने समेत शिक्षिका देबी जिसीले बताउनु भयो ।

यदि सबैले यसको बारेमा जानाकारी पाएमा बजारमा पाइने खर्चालु र स्वास्थ्यको हिसाबले समेत त्यति राम्रो नमानिने प्याडको असरबाट बच्न सकिने हुन्छ उहाँले भन्नु भयो ।कार्यक्रममा विद्यालयका प्राचार्य डा. लाल रापचाले छात्राहरुलाई आफ्ना समस्याहरु र यस्ता बिषयमा लाज नमानिकन निर्धक्क भएर बोल्नु पर्ने बताउनु भएको थियो । त्यसै गरि विद्यालयका भाइस प्रिन्सिपल सरोज लकान्द्रिले प्रौढाबस्था र किसोराबस्थाका बारेमा बताउनु भएको वेस्ट वेस्ट पोइन्ट मिडिया हबका संयोजक कृष्ण जिसीले बताउनु भयो ।