स्थानीय तहको निर्वाचन खारेजीको माग गरीरहेको नेपाल कम्युष्टि पार्टी म्याग्दीका चारजना नेता–कार्यकर्ता पक्राउ परेका छन् । जिल्लाका निर्वाचन बहिस्कार र उम्मेदवारको अपहरणमा संलग्न रहेको आशंकामा लुलाङका दल बहादुर राना, रुमका दिपेश पुन, बेनपा–४ सुर्केमेलाका धमेन्द्र पुन र बावियाचौरका रविन्द्र बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको नेकपाले जनाएको छ ।

निर्वाचनको बहिस्कारको घोषणा गरेका नेकपाले बेनपा–३ भकिम्लीका कांग्रेसका वडा अध्यक्ष जस बहादुर पुनलाई अपहरण गरेर रिहा गरेलगत्तै प्रहरीले समेत सुरक्षा ब्यवस्था कडा बनाएको छ । यता प्रहरीले नेकपा सर्मथिन केहीलाई नियन्त्रणमा लिएको बताएपनि विवरण सार्वजनिक गरेको छैन् । प्रहरी निरिक्षक दिवाकर घिमिरेले अनुसन्धान भइरहेको बताए । जिल्लामा नेकपा प्रमुख सुरक्षा चुनौती मानिएको छ । जिल्लाका केही क्षेत्रमा प्रहरीले विषेश निगरानी बढाएको छ ।