सगरमाथा आरोहण गर्ने विश्वकै सबैभन्दा जेष्ठ आरोहीको रेकर्ड बनाउने ८६ वर्षीय मिनबहादुर शेरचनको सपना अधुरै बनेको छ । सगरमाथा आरोहणका लागि आधार शिविरमा पुगेका नेपालका सबैभन्दा जेठा सगरमाथा आरोही शेरचनको शनिबार अपरान्ह निधन भएको स्रोतले जनाएको छ । ८६ वर्षीय पुर्व वृटिश गोरखा सैनिक शेरचनले सगरमाथा आरोहण गरेर सबैभन्दा वृद्ध आरोहीको रेकर्ड बनाउने लक्ष्य लिएका थिए ।

समाचार अनुसार शेरचनको शनिबार अपरान्ह ५ बजेर १४ मिनेटमा निधन भएको हो । अघिल्लो सातामात्रै प्रसिद्ध स्विस पर्वतारोही उली स्टीकले सथरमाथा क्षेत्रमा भएको एक दुर्घटनामा आफ्नो ज्यान गुमाएका थिए । शेरचनले यसअघि सन् २००८ मा ७६ वर्ष ३४० दिनमा सगरमाथा आरोहरण गरेर कीर्तिमान बनाएका थिए। उनको कीर्तिमान जापानी नागरिकले तोडिदिएका थिए । यसअघि आरोही शेरचन सन् २०१५ मा सगरमाथा आरोहण गर्न गएका थिए । तर वैशाख १२ को भुकम्पपछि उनी आधार शिविरबाटै फर्कन बाध्य भए ।

जापानीको रेकर्ड तोड्ने सपना अधुरै
‘पृथ्वीको रक्षा, मानवताको कल्याण र विश्वशान्तिका लागि’ सन्देश दिने लक्ष्यसहित सगरमाथा आरोहण गर्न गएका शेरचनलाई विभिन्न संस्था र व्यक्तिले सहयोग गरेका थिए ।

तर केही वर्ष पहिला जपानका ८१ वर्षीय वृद्धले सगरमाथा आरोहण गरेर उनको रेकर्ड तोडिएपछि पुन नेपालको नयाँ रेकर्ड कायम गर्न सगरमाथा आरोहण गर्न लगेको उनको भनाई छ । वि.सं. २०१६ मा पहिलो पटक पाँच हजार सात सय मिटर अग्लो धौलागिरी हिमाल आरोहरण गरेका उनी ८६ वर्षको उमेरमा सगरमाथा चढ्ने तयारीमा जुटेका हुन् ।

यो पटक भने विश्व शान्तिको कामना, पृथ्वीको रक्षा र विश्व मानवताको कल्याणका लागि सगरमाथा चढन लागेको उनले बताए । यसअघि सन् २०१३ र २०१५ मा उनले सरमाथा चढने तयारी गरेका थिए ।तर ०७२ बैशाख १२ को भूकम्पका कारण उनको सगरमाथा सपना पुरा भएन । त्यो समयमा उनी सगरमाथाको आधारशिविरसम्म पुगेर फर्किएका थिए । सगरमाथा चढ्न उनले लिएको रुटपर्मिट आगामी जेठमा सकिने छ ।

सथरमाथामा जानुअघि यसो भनेका थिए

उनको सगरमाथा यात्रा अप्रिल पहिलो सातादेखि सगरमाथा सुरु भएको थियो । उनले सगरमाथा चढ्न उमेरले नछेक्ने बताएका थिए ।‘कुनै पनि काम गर्न मलाई उमेरले छेक्दैन । कुनै समयमा त मलाई मेरै उमेर बढी लेखिएछ की जस्तो लाग्न थालेको छ’, शेरचनले भनेका थिए, ‘आफू ८६ वर्ष पुगे जस्तो लागेको छैन । पहिला सगरमाथा आरोहणमा जाँदा कि चढेर आउँछु, कि मरेर फर्कन्छु भनेको थिएँ । यो पटक चढेर फर्कन्छु, मरेर जान्न, मलाई इश्वरको कृपा छ ।’

आरोहणका लागि सवा करोड लागेको थियो । त्यसका लागि आवश्यक आर्थिक सहयोग गर्न उनले याचना गरेका थिए । गैर आवासीय नेपाली संघ बेलायत, म्याग्दी प्रवास नेपाली संघ बेलायत तथा बेलायतमा रहेका अन्य विभिन्न संघ संस्थाहरुले उनको सगरमाथा यात्राका लागि सहयोग गरेका थिए । karobardaily.com