गाउँपालिका प्रमुख भए तलवभत्ता जनतालाई दिने घोषणा

0
206

रघुगंगा गाउँपालिका अध्यक्षका उम्मेदवार भव बहादुर भण्डारीले गाउँपालिकाको समस्या समाधानका लागि आफुँले उम्मेदवारी दिएको घोषणा गदैं कुनैपनि तलबभत्ता नलिने घोषणा गरेका छन् । गाउँपालिकाको भुगोल र समस्यामा रहेका जनतालाई विकास निर्माण र सरकारी सेवासुविधालाई सहज रुपमा उपलब्ध गराउनु प्रमुख लक्ष्य रहेको बताउँदै भण्डारीले गाउँपालिकाको प्रमुखको रुपमा सरकारले प्रस्ताव गरेको ३५ हजार मासिक र बैठक भत्ताका साथै जनताको सेवा गरेबापत राज्यले उपलब्ध गराउने कुनैपनि प्रकारको सुविधा नलिने बेनीअनलाइनलाई बताए ।

‘मैले अपाङ्ता भएका, गरिव, दुखीको सेवामा प्रयोग गर्छु ।अहिले मतदातालाई आश्वासन भन्दा पनि ब्यवहारमै काम गरेर देखाउने योजना बनाइरहेको छु’भण्डारीले भने । गाउँपालिकाको विवाद समाधानका लागि समेत निरन्तर सक्रिय रहेका भण्डारीले झिँ, पाखापानीका मतदातालाई आफ्नो योजना सुनाएर फकिएएका भण्डारीले गाउँपालिका अन्र्तरगतका कुनैपनि वडालाई समस्या परेको खण्डमा आवश्यक पर्ने आधारभुत सुविधालाई समाधान गर्न मासिक घुम्ती शिविर सहित जनताको समस्या संकलन गर्ने डेक्स समेत बनाउने तयारी गरेको बताए ।

‘जनताको गुनासो अव हामीले घरदैलोमै पुगेर ल्याउँछौ, त्यसलाई समाधान गर्ने छुटै संयन्त्र बनाइनेछ’ भण्डारीले भने । उनले गाउँपालिकाको समस्याका बारेमा देखाएको सक्रियतालाई जनताले नजिकबाट हेरेको बताउँदै जनताको मागलाई पुरा गर्न जिल्ला देखी केन्द्रसम्म सुगमताको आधारमा केन्द्र निर्धारण, सेवाकेन्द्रको स्थापना, समयसमयमा घुम्ती शिविर,अपाङ्ता, असायलाई विषेश भत्ता, विद्यालयमा रहेको समस्या, स्वास्थ्य चौकी, सडक लगाएतका विकाश निर्माणलाई समेत प्राथमिकता दिने बताए । उनले आफुँले सेवासुविधा लिदैं गर्दा जनताको छुपडीको पीडा भल्कने बताउँदै सुविधा जनतालाई दिने घोषणा संगै गाउँपालिकाका विभिन्न स्थानबाट एम्बुलेन्स सहित अति आवश्यक समस्यालाई प्रमुख प्राथमिकतामा राखेको बताए ।

चुनावी अभियानमा रहेका भण्डारीले दुर्गम बस्ती सडक सञ्जाल र त्यहाँका जनताको आवश्यकता पुरा गर्न सक्नु आफ्नो प्रमुख लक्ष्य मध्ये एक भएको समेत बताए । आन्तरिक आम्दानीको स्रोतका रुपमा रहेको राहुघाट जलविद्युत, जिल्लामा रहेको हिउँको बख्खु ओढेर सदाबार मुस्कुराइरहेका धौलागिरि लगाएतका हिमाल, सप्तऋषिको तपोभूमि रिखार लगाएत कृषि उत्पादन, जनजातीको भेषभुाष, अल्पसंख्य छन्त्याल जातीको पहिचानका कारण समेत यस गाउँपालिकाको सम्भावनालाई समेत कार्यान्वयन गर्ने उनको भनाई छ । उनले स्थायी केन्द्र र सेवा केन्द्रको आवश्यकता समाधान गर्न सक्ने आफुँसंग प्रसस्त आधार रहेको बताए ।