एसएन ईन्टरनेशनलले आयोजना गरेको मिस्टर मोडेल नेपाल २०१७ को उपाधी म्याग्दीका रोहीत कडेलले जितेका छन् ।काठमाडौमा शनिबार सम्पन्न प्रतियोगितामा बेनी नगरपालीका ३ भकिम्लीका १७ वर्षिय कडेलले मिस्टर मोडेल नेपाल २०१७ को उपाधी सहित नगद पचास हजार रुपैया, तिन वटा चलचित्रमा अभिनय र अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर सहभागी हुने अवसर पाएका छन् ।

प्रतियोगिताको विभिन्न चरण हुदै अन्तिम तिनमा छनौट भएका काठमाडौको जेभीयर एकेडेमीको कक्षा ११ मा अध्ययनरत कडेलले पब्लीक च्वाईस र भ्युअर च्वाईसको आधारमा उपाधि जितेको उनका बुवा धनलाल जैसीले बताउनुभयो ।

विज्ञापन