मेयरका उम्मेदवार हरिकुमार श्रेष्ठ भन्छन्,‘ सरकारी सुविधा लिन्न’

1

नजिकिँदो स्थानीय तहको निर्वाचनमा नगर तथा गाउँपालिका प्रमुखका उम्मेदवारले निर्वाचनमा विजयी भए कुनैपनि सरकारी सुविधा प्रयोग नगर्ने घोषणा गरेका छन्। नेपाली काँग्रेसका तर्फबाट बेनी नगरपालिकामा मेयरका प्रत्यासी हरिकुमार श्रेष्ठयस्तो घोषणा गर्नु भएको हो।काँग्रेस–माओवादी गठबन्धनबाट मेयरका प्रत्यासी बन्नु भएका हरिकुमार श्रेष्ठले वडा कार्यालयसम्म सडक कालोपत्रे, गलेश्वर, पुलाश्रम, स्वर्गाश्रम जस्ता धार्मिक पर्यटकीय गन्तव्यको विकास, व्यवस्थित बजार र सरसफाईलाई मूख्य एजेण्डा बनाउनु भएको छ।

‘यी सबै गर्नका लागि मेयरमा उठेको हुँ, सरकारी सुविधा प्रयोग गर्नलाई होइन्’, उहाँले भन्नुभयो। नगरपालिकामा एमाले–राप्रपा गठबन्धनबाट प्रमोद श्रेष्ठ मेयरका प्रत्यासी बन्नुभएको छ। उहाँ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत हुनुहुन्छ। यसअगाडी अन्नपूर्ण गाउँपालिकाका प्रमुख क्या। डमबहादुर पुन र रघुगंगा गाउँपालिकाका प्रमुख भबबहादुर भण्डारीले ले समेत घोषणा गरिसकेका छन्

अन्नपूर्णमा एमालेका तर्फबाट नारायण पुन र माओवादी केन्द्रका कुलबीर राम्जाली चुनावी मैदानमा छन्। जिल्लाको एकमात्र नगरपालिका बेनीमा काँग्रेस–माओवादी र एमाले–राप्रपाको गठबन्धन बनेको छ।रघुगंगा गाउँपालिकामा एमाले–माओबादी गठबन्धन बनेको छ भने काँग्रेस एक्लै चुनावी मैदानमा छ।

काँग्रेसले भण्डारीलाई उम्मेदवार बनाएको छ भने एमाले–माओवादी गठबन्धनबाट एमालेका खिमबहादुर शाही प्रमुखका प्रत्यासी हुनुहुन्छ। भण्डारीले पनि मतदाता माझ प्रमुखमा जिताए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने प्रतिद्धता व्यक्त गर्नु भएको छ। ‘राजनीति कमाउनका लागि भन्ने आरोप छ, अब त्यसलाई समाजसेवासँग जोड्न आवश्यक छ’, उहाँले भन्नुभयो,‘रघुगंगाबासीले यो कुरा बुझेका छन्, म दिनरात जनताकै सेवामा खटिनेछु।’ म्याग्दीमा एक नगरपालिकासहित ६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ। सबै तहमा काँग्रेस, एमाले र माओवादी केन्द्रले चुनावी प्रचार, आमससभा र घरदैलो जस्ता कार्यक्रमलाई तीब्रता दिएका छन्।

1 COMMENT

  1. People must be elected those who has vision, power and capacity. Don’t miss the opportunity. If we elected beggar our villager will be back….

Comments are closed.