तपाई आफ्नो वडाका उम्मेदवारको नाम समेत थाहा नपाएर दिक्क हुनुहुन्छ ? अहिलेसम्म पनि वडास्तरमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी तथा स्वतन्त्र उम्मेदवारका बारेमा समेत जानकारी प्राप्त गर्नुभएको छैन् भने बेनी अनलाइनले स्थानीय तह विषेश अन्र्तरगत जिल्लाका सबै वडा सदस्य देखी मेयरसम्मको अन्तिम नामावली सहितको विवरण यहाँ प्रस्तुत गर्न गइरहेका छौ ।

बेनी नगरपालिका र पाँचवटा गाउँपालिकामा रहेका ४५ वडाका सदस्य, अध्यक्ष सहित जिल्लाको सम्रग विवरण यहाँ प्रस्तुत गरिएको छ ।
जिल्लामा ७१ हजार ४६३ मतदाता मध्ये बेनी नगरपालिकामा १८ हजार ३४५, मंगला गाउँपालिकामा ११ हजार ५८, मालिका गाउँपालिका १० हजार ६४४, धौलागिरि गाउँपालिका ९ हजार ३३४, रघुगंगा गाउँपालिका ११ हजार ५६३ र अन्नपुर्ण गाउँपालिकामा १ जना तेस्रो लिङ्ग सहित १० हजार ५१९ मतदाता रहेका छन् ।

विज्ञापन