निर्वाचन आयुक्त इश्वरी प्रसाद पौडेलले म्याग्दी जिल्ला शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न हुने जिल्ला रहेको बताएका छन् । निर्वाचनको तयारीका बारेमा जानकारी लिन म्याग्दी आएका पौडेलले आफुँले समेत जिल्लामा बसेर काम गरेको बताउँदै स्थानीय तहको निर्वाचन समेत राजनीतिक दल विचको एकताले समेत निर्वाचनलाई सहज र शान्तीपूर्ण तरिकाले सम्पन्न हुने विश्वास ब्यक्त गरे ।

‘एकपटक शिखघारमा निर्वाचन अधिकृतलाई खोलामा फाल्ने प्रयास समेत भएको मलाई सम्झना छ । अहिले त्यस्तो सम्भव छैन, सबै सचेत र सक्रिय छन्’ उनले भने । खानेपानी तथा सरसफाई कार्यालयमा काम गर्दा आफुँ समेत निर्वाचनमा खटिएको बताए । उनले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सबैभन्दा पहिलो राजनीतिक दल जिम्मेबार हुनुपर्नेमा जोड दिए । उनले जनप्रतिनिधिको उपस्थितीमा लेखिएको संविधानलाई दिगो बनाउन तीनवटै निर्वाचनलाई यसैबर्ष सम्पन्न गरिने बताए । आयुक्त पौडेलले स्थानीय तहको निर्वाचनले जनताको घरदैलोमै सेवासुविधा पु¥याउने भएकाले निर्वाचनलाई कुनैपनि अवरोध हुन नदिन समेत सुरक्षा संयन्त्रलाई निर्देशन दिए ।

निर्वाचनको तयारीका बारेमा भएको कार्यक्रममा जिल्लाका राजनीतिक दलले निर्वाचनको तयारीबाट आफुँहरु उत्साहित भएको बताएका छन् । बागलुङ र म्याग्दीको अवस्थाका बारेमा बुझ्न टोली सहित आएका पौडेलले निर्वाचनको सम्रग तयारीका बारेमा मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल लगाएतको टोलीसंग जानकारी लिएको थियो । निर्वाचनको खारेजीको माग गरिरहेको नेपाल कम्युष्टि पार्टीको गतिविधि र संवेदनशील क्षेत्रमा आवश्यक सुरक्षाको परिचालनलाई समेत विषेश ध्यान दिन निर्देशन दिएका थिए । हेलिकप्टरमा आएका आयुक्तले करिव आधाघण्टाको जिल्ला बसाई लगत्तै फर्किएका थिए ।