म्याग्दीको कुन मतदान केन्द्रमा कति मतदाता (विवरण )

0

करिव दुईदशक पछाडी हुन लागेको स्थानीय तहको निर्वाचनको चुनावी प्रचारप्रसारले तिब्रता पायो । बेनी नगरपालिका र पाँच गाउँपालिकाको चुनावी अभियानमा जुटेका राजनीतिक दलले जनतालाई घरदैलोमै पुगेर मत माग्नुका साथै आवश्यकता अनुसारको सहयोगको प्रतिबद्धता समेत जनाइरहेका छन् । ठुला तीन दलले जिल्लाभर आवश्यकता अनुसारका क्षेत्रमा साझेदारी गरेकाले पनि निर्वाचन पेचिलो बनेको छ ।

आगामी आइतबार हुन गैरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सबै तयारी पुरा भएको छ । हरेक मतदान केन्द्रमा ५ जनाका दरले कर्मचारी, दुईजना स्वयंसेवकसहित सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको बताइएको छ । निर्वाचन सम्पन्न गराउनका लागि ५ सय ४७ जना शिक्षक तथा कर्मचारीहरु खटाइएको छ भने ८ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।म्याग्दीमा ७२ ओटा मतदानस्थल र १०२ ओटा मतदान केन्द्रहरु तोकिएको छ ।
हेनुहोस् कुन मतदान केन्द्रमा कति मतदाता छन् ।

१. बेनी नगरपालिका
कुल मतदाताः १८,३४५
राजनीतिक दलको तर्फबाट उम्मेदवारीको विवरण
नेपाली काँग्रेसः प्रमुख, हरिकुमार श्रेष्ठ
नेकपा एमालेः प्रमुख, प्रमोद श्रेष्ठ
माओवादी केन्द्रः उपप्रमुख, ज्योती लामिछाने
राप्रपाः उपप्रमुख, सन्जु थापा बरुवाल

२. अन्नपूर्ण गाउँपालिकाः
कुल मतदाताः १०,५१९
नेपाली काँग्रेसः अध्यक्ष, क्या. डमबहादुर गर्बुजा पुन
नेकपा एमालेः, अध्यक्ष, नारायण पुन
माओवादी केन्द्रः कुलबिर राम्जाली
नेपाली काँग्रेसः उपाध्यक्ष, केशमाया मगर
नेपाली काँग्रेसः उपाध्यक्ष, दुर्गादेवी पाईजा घिमिरे

३. रघुगंगा गाउँपालिकाः
कुल मतदाताः ११,५६३
नेपाली काँग्रेसः अध्यक्ष, भवबहादुर भण्डारी
नेकपा एमालेः अध्यक्ष, खिमबहादुर शाही
नेपाली काँग्रेसः उपाध्यक्ष, कमला तिलिजा
माओवादी केन्द्रः उपाध्यक्ष, हरिबहादुर भण्डारी

४. मंगला गाउँपालिकाः
कुल मतदाताः ११,०५८
नेकपा एमालेः अध्यक्ष, सतप्रसाद रोका
माओवादी केन्द्रः अध्यक्ष, चन्द्रप्रसाद बुढाथोकी
नेपाली काँग्रेसः उपाध्यक्ष, हुमादेवी फगामी
नेकपा एमालेः उपाध्यक्ष, सिर्जना केसी

५. मालिका गाउँपालिकाः
कुल मतदाताः १०,६४४
नेपाली काँग्रेसः अध्यक्ष, श्रीप्रसाद रोकामगर
नेकपा एमालेः अध्यक्ष, बेगप्रसाद गर्बुजा
माओवादी केन्द्रः कमलकुमार केसी
नेपाली काँग्रेसः उपाध्यक्ष, बिमला रोका
नेकपा एमालेः उपाध्यक्ष, खरमाया बिटालु
माओवादी केन्द्रः गौरी सेन्चुरी
६. धौलागिरि गाउँपालिकाः
कुल मतदाताः ९,३३४
नेकपा एमालेः अध्यक्ष, थमसरा पुन
माओवादी केन्द्रः रिमप्रकाश थापा
नेपाली काँग्रेसः उपाध्यक्ष, डम्बर भण्डारी क्षत्री
नेकपा एमालेः रेशम छन्त्याल