म्याग्दीको ज्यामरुककोटमा सकेट बम विष्फोट

0

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डेमा गएराती १०.३० बजे ठूलो आवाज सहित सकेट बम विष्फोट भएको छ ।अर्जुन मावि मतदान केन्द्र भन्दा अलि टाढा दुई पटकसम्म स्थानीयलाई त्रसित गराउने गरी दुई पटकसम्म विष्फोट भएको अर्जुनमावि मतदात केन्द्रमा खटिनुभएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव निरिक्षक वालकृष्ण शर्माले जानकारी दिनुभएको छ ।

विष्फोट कसले कुन प्रयोजनका लागि गराएको हो भन्नेकुार एकिन हुन सकेको छैन । दुई पटकसम्म ठूलो आवाज सहित विष्फोट भएको र त्यसपछि कुनै किसिमका गतिविधिहरु नभएको वेनपा २ का वडाअध्यक्षका उम्मेदवार एवम् स्थानीयवासी कृष्णवहादुर कार्कीले जानकारी दिनुभएको छ । स्थानीय तहको निर्वाचनको दुईदिन अगाडी भएको बम विष्फोटले भकुण्डेबासीलाई त्रसित बनाएको छ । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचनाअधिकृत प्रहरी निरिक्षक दिवाकर घिमिरेले भने आधिकारिकरुपमा त्यस्तो जानकारी नभएको र बम विष्फोट भएको भन्नेकुरा पुष्टि नभएको बताउनुभएको छ । धु्बसागर शर्मा