बेनी नगरपालिका–९ घतानस्थित नेप्टेचौरमा शुक्रबार राती नेपाली कांग्रेस र नेकपा एमाले समर्थित यूवा विच झडपको खवर लगत्तै प्रहरीको एक टोली घटनास्थलमा पुग्यो । प्रहरीको टोलीको पछाडी आफ्ना कार्यकर्ता कु्टिएको भन्दै यूवा संघमा आवद्ध रहेका यू्रवाहरू समेत करिव २५–३० जनाको समुहमा मोटरसाईकलमा नेप्टेचौर तर्फ हानिए । प्रहरीको टोलीले कुटपिटको जानकारी पाएलगत्तै परिचालन भएपनि ठुलो संख्यामा रहेका युवाहरूको भीडलाई नियन्त्रणमा सम्भव नदेखेपछि बेनीमा जानकारी गराएको थियो ।

राष्ट्रिय मावि मतदान केन्द्र नजिक शुक्रबार राती नेकपा एमाले समर्थति यूवा शंकल चोखाल माथि गलेश्वरबाट पुगेका यूवाहरुले हातपात गरेको भन्दै यूवा संघमा आवद्ध रहेका यूवाहरूले प्रतिवाद भन्दै इच्छा महिला बचत तथा ऋण सहकारी संस्थाको कार्यालय नजिक रहेका नेपाली कांग्रेसको वडा सम्पर्क कार्यालयमा सुतिरहेका यूवाहरू माथि जाइलागे । करिव ३० जना यूवाहरुको पार्टीको साईनबोर्ड तोडफोडका साथै पार्किकस्थलमा राखेको मोटरसाईकलमा समेत आगजनी गरेपछि स्थीति तनावपुर्ण भएको स्थानीयबासीको भनाई छ ।

केही दिन यता यूवाहरू विच झडप र कुटाकुट हुन थालेपछि बेनपा–९ मा निकै तनावपुर्ण अवस्था रहेको थियो । नेपाली कांग्रेस र नेकपा एमालेका यूवा विचको झडप र विवादले स्थानीयबासी समेत त्रसित अवस्थामा रहेका छन् । शु्क्रबार राती भएको झडपमा यूवासंघका कार्यकर्ताले रवी कार्कीको नाममा लाइसेन्स प्राप्त २.२ क्यालिबरको टुटु राईफल खोसेका थिए । लाइसेन्स प्राप्त हतियार भएपनि निर्वाचनको मुखमा आफ्नो साथमा राख्नु कार्कीको कमजोरी भएपनि प्रतिवाद भन्दै महिला सहकारी तोडफोड, सडकमा राखिएको मोटरसाईकल र पार्किङ गरिएको मोटरसाईकल आगजनी लगाएतका घटनामा यूवा संघका नेताकार्यकर्ता दोषी देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यूवा संघका कार्यकर्ताले शंकर चोखाललाई आक्रमण गरेपछि घटना सुरु भएको बताइरहेका छन भने कांग्रेस सर्मथित यूवाहरूले सुतिरहेको अवस्थाका आक्रमण गरिएको बताईरहेका छन् । आसपासका स्थानीयबासीका अनु्सार समयमै प्रहरीको उपस्थिति नभए अप्रिय घटना घट्ने बताए । आसपासका क्षेत्रका बासिन्दा निकै तनावपूर्ण अवस्थामा रात विताएको बेनीअनलाइनलाई प्रतिक्रिया दिएका छन् । स्थानीय तहको निर्वाचनको एक दिन अगाडी यूवाहरूले समुह बनाएर कुटपिटमा उत्रिएपछि मतदाता समेत अन्यौलमा छन् ।

पार्टी कार्यालय भित्र नेपाली कांग्रेसका म्याग्दी काठमाण्डौ सम्पर्क समितिका चित्र बहादुर केसी, जिल्ला कार्यसमिति सदस्य अमृतमान शेरचनका साथै डम्बर केसी र पलमान श्रेष्ठले कार्यालयको पछाडीको ¥यालबाट ज्यान जोगाए पनि रविन्द्र कार्की सम्पर्कमा आएका छैनन् । गाउँका यूवाहरु समेत विभाजित छन् । प्रहरीले बेनीबाट गएका यूवाहरुबाट समेत केही घरेलु हतियार फेला पारेको जनाएपनि विवरण उपलब्ध गराउन अस्वीकार गरेको छ । सडकबाट सुतिरहेको अवस्थामा आक्रमण भएपछि पछाडी रहेको बासबाट ओर्लिएर यूवाहरु भाग्न सफल भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

नेप्टेचौर जाने काउलेगौडाको बाटो समेत ढुंगा तेर्सार अवरोध गरिएको थियो । मध्यरातमा ढुंगाले सडक अवरोध गरिएपनि कसले र किन त्यस्तो गरेका भन्ने एकिन जानकारी नभएपनि घटनालाई थप त्रासयुक्त बनाउन यस्तो गरिएको हुनसक्ने अनुमान गरिएको छ । राष्ट्रिय मावि मतदान केन्द्रमा रहेका ५ जना प्रहरीको नेतृत्व गरेकी कमला कुमारी क्षेत्रीले घटनाको जानकारी लगत्तै उपस्थित भएकाले केही नियन्त्रण गर्न सफल भएको बताईन् ।

उनले आगलागी भइरहेका मोटरसाईकललाई नियन्त्रणको प्रयासका साथै आसपासका क्षेत्रमा रहेका अन्य साम्रागीलाई समेत सुरक्षा दिने प्रयास गरेको बताईन् । घटनास्थलमा सदरमुकाम बेनीबाट प्रहरीको टोली पुगेपछि स्थिती नियन्त्रणमा आएको थियो । यता प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घटनामा संलग्नलाई कुनैपनि हालतमा कारवाही गरिने प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बताईन् । स्थानीय तहको निर्वाचनको मुखमा भएको घटनाले मतदातालाई त्रसित बनाएपनि सम्रगमा गाउँको अवस्था शान्तिपुर्ण रहेको प्रहरीको भनाई छ ।