महाउत्सवमा सहभागि हुन म्याग्देली आतुर

0

दुईदशक पछाडी आज हुन लागेको स्थानीय तहको निर्वाचनमा म्याग्देली आफ्ना जनप्रतिनिधि चुन्न आतुर देखिएका छन् । आइतबार विहानै जिल्लाका सबैजसो मतदान केन्द्रमा मतदाताहरूको चहलपहल देखिएको छ । मतदानका लागि सहर बजारमा बसोबास गर्दै आएका मतदाताहरु समेत आफ्नो जन्मथलोमा फर्कीएका छन् । मतदाताहरु मतदानका लागि ब्यग्र प्रतिक्षा अवको आधा घण्टामै पुरा हुने छ ।

एक नगरपालीका र पाँच वटै गाउँपालीकाको सबै मतदान स्थलहरुमा मतदानका लागि आवश्यक तयारी पुरा भएको छ । १ नगरपालीका र ५ गाउँपालीका रहेको म्याग्दीमा ७२ मतदान स्थल र १०२ मतदान केन्द्र रहेका छन् । ७१ हजार ४६३ जना मतदाताले निर्वाचनमा मतदान गर्दैछन् । २३७ पदका लागि ६०६ जना उमेद्वार चुनावी मैदानमा उत्रिएका छन् ।भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा सर्तकता अपनाइएको छ । एउटा मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी र दुई जनाका दरले स्वमसेवक परिचालन भएका छन् ।

मतदान स्थलको पहिलो घेरामा जनपथ, दोस्रोमा शसस्त्र र तेस्रोमा नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाइएको छ । म्यादी प्रहरीले भिड र लाईन ब्यवस्थापनमा खटिनेछन् । मतदान स्थलहरुलाई सामान्य, संवेदनशिल र अति संवेदनशिल बर्गमा बिभाजन गरेर सुरक्षा योजना लागु गरीएको छ । चुनाबको अघिल्लो दिन जिल्लाभरको सम्रग अवस्था सन्तोषजनक देखिएको छ । कुनैपनि अप्रिय घटनाको जानकारी प्राप्त भएको छैन् ।