२० वर्षपछि संघीय संरचना अनुसार पहिलोपटकस्थानीय तहमा जनप्रतिनिधी छनोटका लागि आज हुँदै गरेको निर्वाचनमा म्याग्दीका युवायुवतीहरु निकै उत्साहित देखिएका छन् ।उनीहरु मतदानकेन्द्रहरुमा उत्साहपूर्ण रुपमा पंक्तिवद्ध बनेर मतदानका लागि आफ्नो पालो कुरिरहेका छन् ।पहिलो पटक निर्वाचनमा भाग लिएर मतदान गर्न पाउँदा उनीहरुको खुसीले सीमा नाघेको छ ।

बेनपा २ की २१ वर्षिया लक्ष्मी खत्रीले आफूले अहिलेसम्मको जीवनमा पहिलो पटक मतदान गर्न लागेको र मतदान गर्न पाउँदा अत्यन्तै खुसीको अनुभव गरेको बताउनुभयो ।त्यसैगरी स्थानीय प्रकाश सापकोटाले पनि मतदानका लागि सवै प्रक्रिया पूरा गरी मतपत्र प्राप्त गर्दा मतपत्रसंगै आफूमा योग्य र क्षमतावान जनप्रतिनिधि छनोट गर्ने जिम्मेवारी पनि थपिएको महशुस भएको बताउनुभयो ।

म्याग्दीमा शान्तिपूर्ण रुपमा विहान ७ बजेदेखि नै मतदान कार्य सुरु भएको हो । नगर र गाउँपालिकाका गरी ४५ वटा वडा रहेको म्याग्दीमा २ सय ३७ जना जनप्रतिनिधि चयनका लागि निर्वाचन हुँदै छ । २३७ पदका लागि ६०६ जना उम्मेदवारहरु चुनावि मैदानमा छन् । ७१ हजार ४६३ जनता मतदाता, एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीका सबै तहमा शान्तिपूर्णरुपमा निर्वाचन भइरहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।धु्रबसागर शर्मा

विज्ञापन