म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

0

म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । आज विहान ७ वजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । कुल ७१ हजार ४ सय ६३ जना मतदाता रहेको म्याग्दीका सबै तहमा गरी ६५ प्रतिशत मतदाताले मतदान गरेका जिल्ला
निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभएको छ ।

जिल्लाका १ नगर पालिका र ५ गाउँपालिकाका गरी ६ वटा स्थानीय तहमा उल्लासमयरुपमा शान्तिपूर्ण तरिकाले मतदान भएको सम्वन्धित मतदान केन्द्रका मतदान अधिकृतहरुले जनाएका छन् ।४५ वटा वडा रहेको म्याग्दीमा २ सय ३७ जना जनप्रतिनिधि चयनका लागि निर्वाचन भएको हो । २३७ पदका लागि ६०६ जना उम्मेदवारहरु चुनावि मैदानमा थिए । धु्रबसागर शर्मा