बेनी नगरपालिकाको मतगणना सुरू भएको छ । बेनपा–१ स्थित भानु मावि र रामचन्द्र मावि केन्द्रको मतगणना सुरू भएको हो । मतगणनामा दुवै केन्द्रको एकैठाउँमा राखेर गणना सुरु गरिएको छ । वडाको सम्पुर्ण गणना सम्पन्न भएपछि नजिता सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले बताए । ‘मतगणना पूर्व भएका सहमति र आयोगको निर्देशिका अनुसार गणना सुरू गरिएको छ’ शर्माले भने ।

मतगणनाको सुरुवातमा राजनीतिक दलका प्रतिनिधिको सहमतिमा आचार संहिता समेत बनाइएको छ । यसैविच बेनपा १ को मतगणना सम्पन्न भएपछि क्रमश सुरू गरिने छ । एउटा वडामा दुईवटा मतदान केन्द्र भएकामा कहाँ कसलाई कति खस्यो भन्ने जानकारी नदिने गरी एकैठाउँमा मिसाइएको छ । बेनी नगरपालिकामा १८ हजार ३४५ मत रहेकोमा १३ हजार १२८ मत खसेको छ । यर्सैविच पाँचवटै गाउँपालिकाको मतगणना सोमबार देखी सुरु हुने भएको छ। मंगलाको सोमबार विहान गणना गर्ने सहमति भएको छ ।