म्याग्दीको कुन मतदान केन्द्रमा कति मत खस्यो (विवरण सहित)

0

स्थानीय तहको पहिलो निर्वाचन अन्र्तरगत म्याग्दीका विभिन्न मतदान केन्द्रको विवरण प्राप्त भएको छ । कुल ७१ हजार ४ सय ६३ जना मतदाता रहेको म्याग्दीका सबै तहमा गरी करिब ७० प्रतिशतको हाराहारीमा मत खसेको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले बेनीअनलाइनलाई जानकारी दिए ।

प्रारम्भिक जानकारीअनुसार बेनी नगरपालिकामा ७१ दशमलब ७४ प्रतिशत अर्थात् १३ हजार १ सय ६१ मत खसेको बताइएको छ । ४५ ओटा वडा रहेको म्याग्दीमा २ सय ३७ जना जनप्रतिनिधिहरु चयनका लागि निर्वाचन भएको हो । २३७ पदका लागि ६०६ जना उम्मेदवारहरु चुनाबी मैदानमा उत्रिएका छन् । १ नगरपालीका र ५ गाउँपालीका रहेको म्याग्दीमा ७२ मतदान स्थल र १०२ मतदान केन्द्र रहेका छन् । https://myagdikali.com/114939.html