बेनी नगरपालिका–१ मा नेकपा एमालेको प्यानल विजय भएको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार टेक बहादुर रावलले ६३० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका छविलाल श्रेष्ठले ४०९ मत प्राप्त गरेका छन्। त्यस्तै महिला वडा सदस्यमा गौरी थापामगर ६०८, दलित महिला सदस्यमा जमुना नेपाली ६५१ मत प्राप्त गरेकी छन् ।

त्यस्तै खुल्ला सदस्यमा टेक बहादुर थापा ६२३ र तारा प्रसाद थापा ५९३ प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार राती ११ बजेबाट सुरू भएको मतगणनाको अन्तिम परिणाम अनुसार बेनी नगरपालिका प्रमुखमा नेकपा एमालेका प्रमोद श्रेष्ठले ७७८ र नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठले ४५८ मत प्राप्त गरेका छन् । बेनपा १ का वडा अध्यक्ष सामाजिक कार्यकर्ता तथा पूर्व भारतीय सेनाबाट अवकाश प्राप्त हुन्।

उनले वडाको हितका लागि आफुँले काम गर्ने बेनीअनलाइलाई प्रतिक्रिया दिएका छन् । त्यस्तै उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवाल क्षेत्री ७१६ र नेकपा माओवादी केन्द्रकी ज्योती लामिछाने३६५ मत प्राप्त गरेकी छन् । यसैविच बेनपा २ को मतगणना सुरु भएको छ । हालसम्म नेकपा एमालेले अन्नपुर्ण गाउँपालिकाको दोवामा विजय हात पारेको छ ।

विज्ञापन