म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा माओवादी केन्द्रका उमेद्वारहरु बिजयी भएका छन् । नेकपा माओवादी केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा बिष्णुकुमारी परियार (२१७), खुल्ला सदस्यमा बुद्धीबहादुर पुन (२०३) र बिरबहादुर पौडेल (१९९¬) प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा अध्यक्षका प्रत्यासी काँग्रेसका आत्मा तुलाचनले १०९ र एमालेका यामबहादुर फगामीले ७५ मत प्राप्त गर्नुभएको छ । दुई वटा मतदान केन्द्र र ५४३ जना मतदाता रहेको भुरुङ तातोपानीमा ४१० मत खसेकोमा ८ मत बदर भएको थियो । भुरुङ तातोपानीबाट गाउँपालीकाको अध्यक्षमा माओवादी केन्द्रका कुलबिर राम्जालीलाई १६९, काँग्रेसका डमबहादुर पुनलाई ११५ र एमालेका नारायण पुनलाई १०८ मत प्राप्त भएको छ ।

दुई वटा वडाको मतगणना हुँदासम्म अन्नपूर्णको अध्यक्ष र उपाध्यक्षमा एमालेकै उमेद्वारले अगुवाई गरेका छन् ।एमालेका नारायण पुनले ४४२, दुर्गादेवी पाईजाले ४४५, काँग्रेसका डमबहादुर पुनले ३२५, केशमाया मगरले ३१० र माओवादी केन्द्रका गाउँपालीका अध्यक्षका उमेद्वार कुलबिर राम्जालीले १७८ मत प्राप्त गर्नुभएको छ ।

विज्ञापन