रघुगंगा १ मा काँग्रेस बिजयी

0
153

म्याग्दीको रघुगंगा गाउँपालीका १ बेगको वडा अध्यक्ष र सदस्यहरुमा नेपाली काँग्रेसका उमेद्वार निर्वाचित भएका छन् ।नेपाली काँग्रेसका बिलबहादुर फगामीले ४१८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका नरसिङ पुनले २६३ मत प्राप्त गर्नुभएको पाखापानीबाट स्थानीय अमर माविका प्रअ युकुमार गर्बुजाले जानकारी दिनुभयो ।

महिला वडा सदस्यमा बिष्णुमती पुन (४२१), दलित महिला सदस्यमा गौमाया बिक (४२७), खुल्ला सदस्यमा तिलककुमार तिलीजा (४१९) र बलमान गौचन (४२३) मत प्राप्त गरी बिजयी हुनुभएको छ । बेगबाट गाउँपालीकाको अध्यक्षका उमेद्वार काँग्रेसका भवबहादुर भण्डारीलाई ४२९, एमालेका खिमबहादुर शाहीलाई २५०, उपाध्यक्षमा काँग्रेसकी कमला तिलीजालाई ४१९ र माओवादी केन्द्रका हरि भण्डारीलाई २१७ मत प्राप्त भएको छ । दुई वटा मतदान केन्द्र र एक हजार ६३३ मतदाता रहेको बेगखोलामा ७३७ मत खसेको थियो ।