भकिम्लीमा स्वतन्त्र उम्मेदवार पदम पुन विजय

0
253

बेनी नगरपालिका–३ भकिम्लीमा स्वतन्त्रका उम्मेदवार पदम पुन विजय भएका छन् । जाँतो चुनाव चिन्ह सहित मैदानमा उत्रिएका पुन नेतृत्वबाट खुल्ला सदस्यमा रत्न बहादुर जिसी विजय भएका छन् । कम्युनिष्ट विचारधाराका पुन पुर्व शिक्षक एवम् माओवादीको जनयूद्धमा समेत केहीबर्ष भूमिगत जिवन विताएका थिए ।

भकिम्लीको मुसुङमा राजनीतिक संगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका पुन जयन्ती माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । बाख्रापालनमा समेत सक्रिय रहेका पुनलाई स्वतन्त्रको तर्फबाट सर्मथन सहित चुनावी प्रचारप्रसारमा यूवाहरुले समेत सहयोग गरेका थिए । वडा अध्यक्षमा स्वतन्त्र उमेद्वार पुनले ५१८ मत ल्याएर निर्वाचित भए । वडा अध्यक्षमा नेपाली काँग्रेसका जसबहादुर पुनले ४२१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गर्नुभएको छ ।

वडा सदस्यमा स्वतन्त्रका रत्नबहादुर जिसी (४६१), एमालेका गेमबहादुर घर्तीमगर (४९५), महिला सदस्यमा एमालेकी मनकुमारी पुन (४६४), दलित महिला सदस्यमा हरिकला दमाई (४६०)ले मत ल्याएर बिजयी भए । दुई हजार २६० जना मतदाता र तिन वटा मतदान केन्द्र रहेको भकिम्लीमा एक हजार ४६९ मत खसेको थियो । बेनी नगरपालीको १, २ र ३ नम्बर वडाको मतगणना गर्दा मेयरमा नेकपा एमालेका प्रमोद श्रेष्ठको एक हजार ९२६ र नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठले एक हजार ७२६ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा राप्रपाकी सञ्जु बरुवालले एक हजार ५४६ र माओवादी केन्द्रकी ज्योती लामीछाने पौडेलले एक हजार १०८ मत प्राप्त गरेका छन् ।