एकाएक राजनीतिमा उदाए बिकास, जागिर छाडेको दुई महिनामै बने वडाध्यक्ष

0
182

झण्डै २१ वर्ष लामो प्रहरीको जागिर छाडेको दुई महिनामै यहाँका एक युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । पर्वत जिल्लाको मोदी गाउँपालिका २ देउपुर निवासी विकास तिमिल्सिना मंगलवार भारी मतका साथ वडा अध्यक्षमा बिजयी भएका हुन् । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेको उनी ७ सय १४ मत प्राप्त गरी बिजय भएका हुन् । दुई दशकभन्दा बढि जागिर गरेपछि अब घरमै बसेर कृषि पेशा अगाल्ने र समाजसेवामा समेत क्रियाशिल हुने सोच बनाएर उनले गत फागुनमा जागिरबाट राजीनामा दिएका थिए ।

प्रहरी सहायक निरिक्षक पदमा रहेर नेपालकै उत्कृष्ट ट्राफिक प्रहरीको मानपदबी समेत भिरेका तिमिल्सिना एकाएक राजनीतिमा उदाएका हुन् । जागि छाड्ने बेला स्थानिय चुनावको चर्चा पनि थिएन र मैले उम्मेदवारी दिने सोच पनि बनाएको थिईन तर विस्तारै गाउँलेहरुको सुझावका कारण उम्मेदवारी दिएको हुँ संयोगबस आज बिजयी हुँदा निकै खुसी लागेको छ ट्वान्टीफोर संचारसँग भने ।

उनले अब समाज सेवामा सक्रिय भएर लाग्ने प्रण समेत गरेका छन् । गाउँको विकास निर्माणसँगै स्थानियस्तरको चौतर्फि विकासमा मेरो बाँकी जीवन बिताउने योजना बनाएको छु उनले भने ।विद्यार्थी कालमा रहँदा २०४० सालदेखि २०४८ सालमै एमाले निकट विद्यार्थी संगठन अनेरास्वियूमा रहेर सक्रिय राजनीति गरेका तिमिल्सिना पछि जागिरमा प्रवेश गरेपछि राजनीतिबाट ओझेलमा रहेका थिए । प्रहरीमा छँदा पनि उनको उत्तिकै वाहिवाही पाएका थिए । प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालमा पालामा उनले उत्कृष्ट ट्राफिक प्रहरीको रुपमा पुरस्कृत समेत भएका थिए ।

उनले भने मेरो बाबुको समाजप्रतिको योजना र मैले सामाजिक, सरकारी तथा कालाकारीताको क्षेत्रमा पु¥याएको योगदानको मुल्यांकन आम गाउँबासीले गरेको जस्तो अनुभूति भएको छ ट्वान्टीफोर संचारलााई भने । लामो समयको जागिरे अनुभवसँगै आफुमा समाज विकासको अनुभव र इच्छाशक्ति समेत भएकाले अब आफ्ना सम्पूर्ण शक्ति मोदी गाउँपालिका २ मा खर्चिने उनको भनाई छ ।उनि प्रहरी जागिरे मात्र नभएर सफल कलाकार समेत रहेका छन् । दर्जनौ लोकगीतका सर्जक तथा गायक समेत रहेका उनि लोकप्रिय प्रहरीका रुपमा समेत कहलिएका थिए ।

जागिरको दौरानमा नुवाकोट, चितवन, गोरखा, कपिलबस्तु, काठमाण्डौ, म्याग्दी, पर्वत, बागलुङ लगायतका जिल्लामा बसेका उनि अब आफ्नै गाउँलाई माथि उठाउनका लागि सेवामा लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उमेरले ४१ वर्ष पुगेका तिमिल्सिना बिजयी भएपछि मोदी गाउँपालिकाबासिहरु समेत उत्साहित भएका छन् ।