फराकिलो अन्तरले रघुगंगा–२ को अध्यक्षमा माओवादीका रिम कटुवाल बिजयी

0
193

रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिम कटुवाल भारी मतले बिजयी हुनुभएको छ । नेकपा एमाले र नेकपा (माओवादी केन्द)को संयुक्त प्यानलबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएका कटुवालले ९ सय ९४ सय मत ल्याएर बिजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्धन्धी नेपाली काँग्रेसका नरसिंह बहादुर खत्रीले जम्मा ४४३ मत ल्याउनुभएको छ ।

रघुगंगा–२ वडामा अध्यक्ष सहित एमाले–माओवादीको प्यानल नै बिजयी भएको छ । सो प्यानलबाट खुला सदस्यमा देवेन्द्र केसीले ९७६, रबिन भण्डारीले ८१६, महिला सदस्यमा गोरी भण्डारीले ८७५ र दलित महिला सदस्यमा रसिला परियारले ७५६ मत ल्याएर निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यता गाउँपालिका प्रमुखमा काँग्रेसका उम्मेदवार भबबहादुर भण्डारीले नै अग्रता लिनुभएको छ । गाउँपालिका प्रमुखमा भण्डारीले वडा नम्बर दुईमा ८१७ मत ल्याउनुभएको छ भने एमालेका खिमबहादुर शाहीले ६५९ मत ल्याउनुभएको छ ।

त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका हरि भण्डारीले अग्रता हाँसिल गर्नुभएको छ । भण्डारीले ९ सय ९९ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी कमला तिलिजाले ३९९ मत प्राप्त गर्नुभएको छ । भगवतीमा कुल १ हजार ७ सय ६ मत खसेको थियो । यस अघि रघुगंगा–१ बेगखोलामा नेपाली काँग्रेसका बिलबहादुर फगामी सहितको प्यानल बिजयी भएको छ । वडा नम्बर एक र दुईमा गरि काँग्रेसको तर्फबाट गाउँपालिका प्रमुखका उम्मेदवार भण्डारीले १ हजार २ सय ४६, उपप्रमुख कमला तिलिजाले ८१६ र प्रमुखमा एमालेका खिमबहादुर शाहीले ९१९ र उपप्रमुख हरी भण्डारीले १ हजार २१६ मत प्राप्त गर्नुभएको छ ।