अन्नपूर्ण ७ मा काँग्रेस बिजयी

0

म्याग्दीको अन्नपूर्ण गाउँपालीका ७ हिस्तानको अध्यक्षमा ३५६ मत प्राप्त गरी नेपाली काँग्रेसका गमबहादुर फगामी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका चन्द्रबहादुर पुनले ३४४ मत प्राप्त गर्नुभएको थियो । सदस्यमा काँग्रेसकी मायादेवी पुन, टिका घताने, कुलबहादुर गर्बुजा र टिकाराम पुन निर्वाचित हुनुभएको छ ।

अन्नपूर्ण गाउँपालीकाको ६ वटा वडाको मतगणना सकिदा गाउँपालीका अध्यक्षमा काँग्रेसका डमबहादुर पुनको दुई हजार ३४७, एमालेका नारायण पुनको दुई हजार ७२, माओवादी केन्द्रका कुलबिर राम्जालीको २६२, उपाध्यक्षमा नेपाली काँग्रेसकी केशमाया मगरको दुई हजार २६६ र एमालेकी दुर्गादेवी पाईजाको दुई हजार १३१ मत रहेको छ ।

अन्नपूर्ण १ दोवामा एमालेका दिलीप गर्बुजा, २ भुरुङ तातोपानीमा माओवादी केन्द्रका ओमबहादुर फगामी, ३ दानामा एमालेका नरसिङ पुन, ४ नारच्याङमा काँग्रेसका चन्द्रप्रकाश फगामी र ५ शिखमा दिनेशकुमार पुन वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । अन्नपूर्ण ६ घार र ८ राम्चेको मतगणना गर्न बाँकी छ । रासस