मालिका गाउँपालिकाको प्रमुखमा श्रीप्रसाद रोका विजय

0

पश्चिम म्याग्दीको मालिका गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका श्रीप्रसाद रोका मगर विजय भएका छन् । रोकाले २७ सय ६ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका बेगप्रसाद गर्बुजाले २६ सय २२ मत प्राप्त गरे । त्यसै गरी गाउँपालिका उपप्रमुखमा नेकपा एमालेकी खरमायाँ विटालु विजय भएकी छन् ।

उनले २६ सय ९१ मत प्राप्त गरिन भने उनकी निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी विमला पुनले २६ सय ६४ मत प्राप्त गरिन् । जिल्लाको दोस्रो ब्यापारिक बजार दरवाङलाई केन्द्र निर्धारण गरिएको मालिका गाउँपालिकमको विमका स्वतन्त्रबाट उम्मेदवारी दिएका सुविन जुग्जाली विजय भएका छन् । गाउँपालिका अन्र्तरगत पर्ने निस्कोटमा कांग्रेस, रुमका दुईवटा वडामा नेकपा एमाले, देविस्थानमा कांग्रेस, दरवाङमा नेकपा एमाले र ओखरबोटमा माओवादी केन्द्रले वडा जितेको छ ।

आन्तरिक स्रोतको हिसावले मालिका गाउँपालिकाको सम्भावना धेरै छ । जिल्लाको दोस्रो ब्यापारिक केन्द्र, नेपालकै एकमात्र ढोरपाटन शिकार आरक्ष, रुकुम, धौलागिरि आधार क्षेत्र, प्रसिद्ध मालिका मन्दिर लगाएतका पर्यटकीय तथा र्धािमकस्थल र बेनी दरवाङ सडकखण्ड अन्र्तरगत कालोपत्रेका लागि बजेट समेत विनियोजन भएको अवस्थामा अन्य स्रोतहरुलाई समेत परिचालन गर्न सकिने आधारहरु रहेका छन् । म्याग्दीका कांग्रेस र एमाले विच गाउँपालिका र नगरपालिकामा कडा प्रस्तिपर्धा भइरहेको छ ।