रघुगंगा गाउँपालीका ३ पिप्लेको वडा अध्यक्षमा नेपाली काँग्रेसका जिवन मल्लले ९०९ मत प्राप्त गरी बिजयी हुनुभएको छ । पिप्लेको खुला वडा सदस्यमा काँग्रेसका प्रेमनाथ सुवेदी, महिला सदस्यमा देवी शाही, दलित महिला सस्यमा सम्झना परियार र खुल्ला सदस्यमा एमालेका पवन मल्ल निर्वाचित हुनुभएको छ ।

पिप्लेमा एमाले माओवादी गठबन्धनबाट एमालेका अर्जुन सुवेदी वडा अध्यक्षको उमेद्वार बन्नुभएको थियो । गाउँपालीकाको अध्यक्षमा काँग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा कमला तिलीजाको अग्रता छ । दुई हजार ८३२ जना मतदाता रहेको पिप्लेमा एक हजार ९४७ मत खसेको थियो । रघुगंगा ४ दग्नामको अध्यक्षमा काँग्रेसका एकबहादुर गर्बुजा निर्वीरोध बन्नुभएको थियो । सदस्यहरु समेत निर्बीरोध भएका छन् ।