यस्तो छ मालिका गाउँपालिकाको अन्तिम नतिजा

0
210

म्याग्दीको मालीका गाउँपालीकाको अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोका निर्वाचित भएका छन् । दुई हजार ७०६ मत ल्याएर रोका अध्यक्षमा निर्वाचित भए । रोकाका प्रतिस्पर्धी नेकपा एमालेका बेगप्रसाद गर्बुजाले दुई हजार ६२२ मत प्राप्त गरे । उपाध्यक्षमा नेकपा एमालेकी खरमाया बिटालुले दुई हजार ६९१ मत प्राप्त गरी बिजयी भएकी छन् ।

बिटालुकी प्रतिस्पर्धी नेपाली काँग्रेसकी बिमला रोकाले दुई हजार ६६४ मत प्राप्त गरे । वडा न. ७ को अध्यक्षमा स्वतन्त्र उमेद्वार रेशम जुक्जालीले ३६५ मत प्राप्त गरी निर्वाचित भए । जुक्जालीका प्रतिस्पर्धी एमालेका टुकलाल पुनले २९२ मत प्राप्त गरे ।

वडा सदस्यहरुमा स्वतन्त्र प्यानलका चनदेवी पुन (३४५), सरु श्रीपाली (३४६), वुद्धीबहादुर जुक्जाली (३३७) र गोरखबहादुर जुक्जाली (३२३) मत ल्याएर निर्वाचित हुनुभएको छ । एक हजार १५२ मतदाता रहेको सो वडामा ७९७ मत खसेको थियो ।

मालीकाको १ नम्बर वडामा नेपाली काँग्रेसका टंक पुन, २ मा एमालेका नरबहादुर पुन, ३ मा एमालेका हेमबहादुर पुन, ४ मा माओवादी केन्द्रका दिलीप शेरचन, ५ मा काँग्रेसकी पिपला बुढाथोकी, ६ मा एमालेका सन्तनाथ जैसी निर्वाचित भए । दश हजार ६४४ जना मतदाता रहेको मालीका गाउँपालीकामा सात हजार १४ मत खसेको थियो । सन्तोष गौतम
मालीका गाउँपालीकाको अध्यक्षका उमेद्वारहरुको मत परिणाम
कुल मतदाता उमेद्वारको नाम पार्टी प्राप्त मत
१०६४४ श्रीप्रसाद रोका (बिजयी) नेपाली काँग्रेस २७०६
बेगप्रसाद गर्बुजा (दोस्रो) नेकपा एमाले २६२२

उपाध्यक्ष पदका उमेद्वारले प्राप्त मत परिणाम
बिमला रोका (दोस्रो) नेपाली काँग्रेस २६६४
खरमाया बिटालु (बिजयी) नेकपा एमाले २६९१