बेनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठ विजय

0
256

म्याग्दीः म्याग्दीको एकमात्र नगरपालिका बेनी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठ विजयी हुनु भएको छ। बुधबार दिउँसो सम्पन्न मतगणनामा एमाले–राप्रपा गठबन्धनका प्रत्यासी एमालेका प्रमोद श्रेष्ठलाई ४५ मतले पछि पार्दै हरिकुमार विजयी हुनु भएको हो। नगरपालिकामा काँग्रेस–माओवादीबीच तालमेल भएको थियो।

मूख्य निर्वाचन अधिकृतको कार्यालयको दिएको जानकारी अनुसार, विजयी काँग्रेसका हरिकुमारले पाँच हजार ६ सय ७९ र एमालेका प्रमोदले पाँच हजार छ सय ३४ मत ल्याउनु भएको छ।

नगरपालिकाको उपमेयरमा भने एमाले–राप्रपा गठबन्धनबाट राप्रपाकी सञ्जु बरुवाल ३४ मतले विजयी हुनुभयो। उहाँले तीन हजार ९ सय ९५ मत पाउँदा काँग्रेस–माओवादी केन्द्र गठबन्धनबाट माओवादीकी ज्योती लामिछानेले तीन हजार ९ सय ६१ मत ल्याउनु भयो। १८ हजार ३ सय ४५ मतदाता रहेको नगरपालिकामा १३ हजार १ सय २८ मत खसेको थियो।