म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ राम्चेको वडामा नेकपा एमालेको प्यानल बिजयी भएको छ । नेकपा एमालेका खमबहादुर पुर्जा पुनले ४३२ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका लक्ष्मण पुनले ३५० मत प्राप्त गर्नुभएको छ । वडा सदस्यहरुमा एमालेका देवकुमारी खोरजा, एलिसा रसाईली बिक, गौमाया पुन र यममाया पुन निर्वाचित हुनुभएको छ । एक हजार ३३२ जना मतदाता रहेको राम्चेमा ८१८ मत खसेको थियो ।