ताकममा एमालेका सुवेदी निर्वाचित

0

म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमको वडा अध्यक्षमा नेकपा एमालेका कलानिधी सुवेदीले ५३३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । सुवेदीका प्रतिस्पर्धी नेपाली काँग्रेसका यामबहादुर हर्मेलले ५२८ मत प्राप्त गर्नुभएको छ ।

वडा सदस्यमा एमालेकी अमृता भण्डारी, बालकुमारी बिक, काँग्रेसकी नरकुमारी बुढाथोकी र माओवादी केन्द्रका देवबहादुर थापा निर्वाचित हुनुभएको छ । दुई हजार ४६ जना मतदाता रहेको ताकममा एक हजार ५३८ मत खसेको थियो ।